Page:Tarun tapasi.pdf/100: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
पलाको आधामा गगनमय त्यो शून्य नगरी | पलाको आधामा गगनमय त्यो शून्य नगरी | ||
::घुमी फन्का मारी हरकिसिमको कौतुक गरी । | ::घुमी फन्का मारी हरकिसिमको कौतुक गरी । | ||
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन | खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो | ||
::हवाको झोक्कामा जलद उसको सम्मुख | ::हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:21, 17 June 2025
This page has been validated
६
कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥
७
उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥
८
पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥