Jump to content

Page:Tarun tapasi.pdf/100: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
{{pcn|७}}
{{pcn|७}}
उता हेर्नासाथै अगम नभको नील परिधि
उता हेर्नासाथै अगम नभको नील परिधि
::यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि
::यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
::चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै
::चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै


{{pcn|८}}
{{pcn|८}}
पलाको आधामा गगनमय त्यो शून्य नगरी
पलाको आधामा गगनमय त्यो शून्य नगरी
::घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
::घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्‍यो
::हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो
::हवाको झोक्कामा जलद उसको सम्मुख पर्‍यो
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:21, 17 June 2025

This page has been validated


कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥


उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥


पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्‍यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्‍यो ॥