Page:Tarun tapasi.pdf/94: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कुनै वेला आये युवक रसिला गोप लहडी | कुनै वेला आये युवक रसिला गोप लहडी | ||
::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी । | ::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी । | ||
पुछे औँला मेरो विपुल कटिमा त्यो | पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको | ||
::बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥ | ::बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥ | ||
Line 15: | Line 15: | ||
{{pcn|८}} | {{pcn|८}} | ||
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि | जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि | ||
::रहेछन् द्यौता ई भनिकन | ::रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि । | ||
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी | थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी | ||
::म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥ | ::म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥ |
Latest revision as of 16:02, 17 June 2025
६
कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको
बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥
७
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि ॥
८
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि ।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥
९
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो ।
कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥
१०
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' ।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥
११
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी ।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥