Jump to content

Page:Tarun tapasi.pdf/93: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''चतुर्दश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} अलि बेर पछी तपोधन ::तपसीको मुखपद्म पावन। ढकमक्क भयो पुरा पुरा ::चुहिहाले मकरन्द झैं कुरा।। {{pcn|२}} खिचातानी हेर्दै गरम पसिनाको छक परी ::झुकेको म..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
अलि बेर पछी तपोधन
अलि बेर पछी तपोधन
::तपसीको मुखपद्म पावन।
::तपसीको मुख-पद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
ढकमक्क भयो पुरा पुरा
::चुहिहाले मकरन्द झैं कुरा।।
::चुहिहाले मकरन्द झैँ कुरा ॥


{{pcn|२}}
{{pcn|२}}
खिचातानी हेर्दै गरम पसिनाको छक परी
खिचातानी हेर्दै गरम पसिनाको छक परी
::झुकेको मौकामा प्रकृतिजननीले शिरभरी।
::झुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
::जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी।।
::जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥


{{pcn|३}}
{{pcn|३}}
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
::जती जस्ले पायो भरशक लुछ्यो लालच धरी।
::जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
::उदेकायें खाली नलिइ पिर वा दर्द मनमा।।
::उदेकायेँ खाली नलिइ पिर वा दर्द मनमा ॥


{{pcn|४}}
{{pcn|४}}
गरी यै ढाँचाले परहित सदा भक्तिसहित
गरी यै ढाँचाले परहित सदा भक्तिसहित
::बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत।
::बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले
भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले
::सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले।।
::सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥


{{pcn|५}}
{{pcn|५}}
भोग्थें वर्षेनी जुन विभवले चोट अरुका
भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका
::लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका।
::लुछिन्थेँ, लाछिन्थेँ, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
::म लागें एकाकी फगत उहि छायासुख दिन।।
::म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:58, 17 June 2025

This page has been validated
चतुर्दश विश्राम


अलि बेर पछी तपोधन
तपसीको मुख-पद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैँ कुरा ॥


खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥


लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायेँ खाली नलिइ पिर वा दर्द मनमा ॥


गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥


म भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थेँ, लाछिन्थेँ, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥