Jump to content

Page:Tarun tapasi.pdf/90: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी ::उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी। कसैका पैताला गरम पसिनाले लपलपी ::भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।। {{pcn|..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१८}}
{{pcn|१८}}
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
::उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी।
::उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी ।
कसैका पैताला गरम पसिनाले लपलपी
कसैका पैताला गरम पसिनाले लपलपी
::भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।।
::भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥


{{pcn|१९}}
{{pcn|१९}}
कसैका कन्थाको विकट बदबूले हरघडी
कसैका कन्थाको विकट बदबूले हरघडी
::झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी।
::झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी ।
कसैले पैह्रेका तरल खुसबूको महकमा
कसैले पैह्रेका तरल खुसबूको महकमा
::हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा।।
::हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥


{{pcn|२०}}
{{pcn|२०}}
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
::घना सुस्केरा नै अनवरत टङ्कार धनुको।
::घना सुस्केरा नै अनवरत टङ्कार धनुको ।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
::शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया।।
::शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥


{{pcn|२१}}
{{pcn|२१}}
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
::बसी पुग्नासाथै सरस उस चौकीनगिचमा।
::बसी पुग्नासाथै सरस उस चौकी-नगिचमा ।
कहन्थे डोले हो नभन 'अब बस्छौं, गरम भो'
कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो'
::मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो।।
::मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥


{{pcn|२२}}
{{pcn|२२}}
झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ
झिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ
::भनी लागे कोही तर पवन आयो हुरुरुरु।
::भनी लागे कोही तर पवन आयो हुरुरुरु ।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
धुलो वैर्‍यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
::मलाई मायाले मुटुकन समातेर जकड्यो।।
::मलाई मायाले मुटुकन समातेर जकड्यो ॥


{{pcn|२३}}
{{pcn|२३}}
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
::चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी।
::चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी ।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
डकारी खै मेरो मधुर हजमी पाचक भनी
::शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी।।
::शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:49, 15 June 2025

This page has been validated

१८
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी ।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥

१९
कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी ।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥

२०
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको ।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥

२१
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकी-नगिचमा ।
कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो'
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥

२२
झिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु ।
धुलो वैर्‍यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो ॥

२३
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी ।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥