Page:Tarun tapasi.pdf/83: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा ::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा। तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती ::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा | जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा | ||
::उती जुट्थ्यो रेखा नपरिकन सारा | ::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा । | ||
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती | तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती | ||
:: | ::भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
तँ सानै छस् बाबू तर तँसित | तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका | ||
::हुनाले क्यै भित्री दिल सकल पारीकन | ::हुनाले क्यै भित्री दिल सकल पारीकन फुका । | ||
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा | दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा | ||
::म सम्झन्छू तेरो सफल जुनिको त्यो | ::म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली | |||
::गरी बढ्दाबढ्दै भुवन सब पारी | ::गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली । | ||
गये वा जाँदैछन् तँ पनि तिनि | गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी | ||
::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन | ::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
तँ सानू, त्यो सानू | तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि | ||
::कठै त्यो झन् सानू, निविड | ::कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि । | ||
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा | सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा | ||
::जती शक्छस् कालो गगनपथ आलोकित | ::जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी | न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी | ||
::न आँखाले भेट्छन् | ::न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी । | ||
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति | अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति | ||
::तँमाथी वर्षन्छन् | ::तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
न त्यो तेरो तातो छवि छ रविको | न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा | ||
::न त्यस्मा क्यै देख्छू तुहिनकरको | ::न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा । | ||
अनौठाको, सानू तर मधुर | अनौठाको, सानू तर मधुर आलोक-गठरी | ||
::म हेर्दैछू तेरो पलक नलगाई छक | ::म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:26, 15 June 2025
१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥
१३
तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥
१४
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥
१५
तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि
कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥
१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी ।
अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥
१७
न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा ।
अनौठाको, सानू तर मधुर आलोक-गठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥