Page:Tarun tapasi.pdf/75: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो । | ::थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो । | ||
उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा | उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा | ||
:: | ::पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
Line 17: | Line 17: | ||
::भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव । | ::भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव । | ||
त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि | त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि | ||
::बसे | ::बसे बाटो हेरी फगत रखवारीकन गरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} |
Latest revision as of 12:26, 15 June 2025
६
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो ।
उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥
७
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ ॥
८
कठै ! भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव ।
त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटो हेरी फगत रखवारीकन गरी ॥
९
स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥
१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ?
११
सफा सेता-राता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥