Jump to content

Page:Tarun tapasi.pdf/74: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''एकादश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} भरिलो मुखचन्द्रमाधुरी ::धमिल्याई उस तर्कले गरी। अलि बेर चुपै रहे मुनि ::पछि निस्क्यो अनि शीतल ध्वनि।। {{pcn|२}} कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|१}}
{{pcn|१}}
भरिलो मुखचन्द्रमाधुरी
भरिलो मुख-चन्द्र-माधुरी
::धमिल्याई उस तर्कले गरी।
::धमिल्याई उस तर्कले गरी ।
अलि बेर चुपै रहे मुनि
अलि बेर चुपै रहे मुनि
::पछि निस्क्यो अनि शीतल ध्वनि।।
::पछि निस्क्यो अनि शीतल ध्वनि ॥


{{pcn|२}}
{{pcn|२}}
कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी
कठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरी
::चलेकै वेलामा मनुजहरु आई थरिथरी।
::चलेकै वेलामा मनुजहरु आई थरिथरी ।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
::नराखी त्यो मेरो मधुर पगरीको छतिपति।।
::नराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥


{{pcn|३}}
{{pcn|३}}
झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
::ममा जो वर्षाये अबुझ बटुवाले उस घडी।
::ममा जो वर्षाये अबुझ बटुवाले उस घडी ।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
::बनीहाल्यो मेरो सकल चकनाचूर छुकुनी।।
::बनी-हाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥


{{pcn|४}}
{{pcn|४}}
कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी
कुनै ती हल्लन्थे शिर सब थिची झ्याँकुसि गरी
::कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी।
::कुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी ।
कसैले मर्काये भरसक निमोठी परपरी
कसैले मर्काये भरसक निमोठी परपरी
::बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी।।
::बिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥


{{pcn|५}}
{{pcn|५}}
म त्यो चौरस्तामा जुन थकित लाखौं पथिकको
म त्यो चौरस्तामा जुन थकित लाखौँ पथिकको
::सदा माला फेर्थें परम हित वा शान्तिसुखको।
::सदा माला फेर्थें परम हित वा शान्ति-सुखको ।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
::अली क्यै मैलो भो कठिन तपको सिद्धिसपना।।
::अली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:23, 15 June 2025

This page has been validated
एकादश विश्राम


भरिलो मुख-चन्द्र-माधुरी
धमिल्याई उस तर्कले गरी ।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि ॥


कठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी ।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥


झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी ।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनी-हाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥


कुनै ती हल्लन्थे शिर सब थिची झ्याँकुसि गरी
कुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी ।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥


म त्यो चौरस्तामा जुन थकित लाखौँ पथिकको
सदा माला फेर्थें परम हित वा शान्ति-सुखको ।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥