Page:Tarun tapasi.pdf/8: Difference between revisions
→Not proofread: Created page with "यो कसले बोलेको ? रुखले ? हो, तर के यो उही 'पिँजराको सुगा' लेख्ने कविको असी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो- <blockquote> <poem> 'सब सहन शक्ने ननिहुरी' </poem> </blockquote> कविको कत्रो आत्मसम्मान, आत्मविश्वा..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यो कसले बोलेको ? | यो कसले बोलेको ? रूखले ? हो, तर के यो उही 'पिँजराको सुगा' लेख्ने कविको | ||
असी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो– | |||
<blockquote> | <blockquote> | ||
<poem> | <poem> | ||
Line 6: | Line 7: | ||
</blockquote> | </blockquote> | ||
कविको कत्रो आत्मसम्मान, आत्मविश्वास? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिले आफ्ना समकालीन | कविको कत्रो आत्मसम्मान, आत्मविश्वास? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिले | ||
आफ्ना समकालीन अरू प्रायः सबै कविहरूको प्रतिष्ठानमाथि लेखनाथ तरुण | |||
भएर बलिरहेका छन्; नेपाली भाषाको दशा (दियोको बत्ती) सित सदैव बलिरहनेछन्, | |||
यसमा सन्देह छैन । | |||
अगिल्लो भूमिकामा मैले तरुण | अगिल्लो भूमिकामा मैले 'तरुण तपसी' लाई प्रसिद्ध 'मेघदूत' र ग्रेको | ||
'एलिजि' सित दाँज्न पुगेको छु । कुनै अवयवमा, आकारमा तथा शैलीमा यिनीहरूको | |||
दँजाई उत्तिको अनुचित छैन; अवश्य आश्य कालिदासले मीठा वर्णन गरेका छन्, | |||
बादललाई गरेको सम्बोधनमा प्रतिभा झल्केको छ, उच्च कल्पनाहरू छन्, ग्रेको | |||
एलिजि पनि सुन्दर छ; परन्तु एकदेशीय छन् । 'तरुण तपसी'- ले एउटा वृक्षको | |||
रुदनलाई मात्र बुझेको छैन उसले समस्त मानवजातिका आस्था, अहङ्कार, | |||
भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएको छ, यति | |||
मात्र होइन भविष्यलाई समेत औँल्याएर आधुनिक उच्छृङ्खलतालाई सावधान | |||
हुने सन्देश दिएको छ, त्यो पनि कति सुन्दर कलाले– | |||
<blockquote> | <blockquote> | ||
<poem> | <poem> | ||
Line 14: | Line 26: | ||
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा । | बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा । | ||
कडा गोला गोली कठिन चिजका लाखन थरी | कडा गोला गोली कठिन चिजका लाखन थरी | ||
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी | खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥' | ||
</poem> | </poem> | ||
</blockquote> | </blockquote> | ||
नेपाली रुचि र | नेपाली रुचि र परम्पराअनुसार 'तरुण तपसी'-मा तरुको कल्पना प्रतीकवादी | ||
भएको छ, त्यसो हुँदाहुँदै पनि कविता दोबरिए पनि त्यो पातलो रेशम अथवा | |||
नाइलनले छापेजस्तो स्पष्ट देखिने भएको छ। | |||
(३) | (३) कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, | ||
नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ, 'सत्यकलि संवाद' को– | |||
<blockquote> | <blockquote> | ||
<poem> | <poem> | ||
Line 26: | Line 41: | ||
</poem> | </poem> | ||
</blockquote> | </blockquote> | ||
यो जस्तै यसमा | यो जस्तै यसमा पनि– | ||
<blockquote> | <blockquote> | ||
<poem> | <poem> | ||
Line 33: | Line 48: | ||
</poem> | </poem> | ||
</blockquote> | </blockquote> | ||
यस्ता | यस्ता अनेकौँ उदाहरण उत्रन सक्तछन् । अझ जब लेखनाथ चरालाई | ||
छुन्छन् तब उनी यथार्थमा द्विज बन्दछन्– लाग्दछ, उनी चराको भाषा बुझ्दछन् । | |||
मन उठ्तछ 'षष्ठ विश्राम' यहाँ फेरि जम्मै उतारूँ, तर अहिले म चारैतिरबाट | |||
सोहोरी भूमिकालाई छोट्याउने प्रयत्न गरिरहेको छु । तैपनि यी दुई पङ्क्ति | |||
उद्धृत गर्दछु- यसमा ध्वनि अनन्तसम्म प्रतिध्वनि भएझैँ मलाई लाग्दछ– |
Latest revision as of 17:22, 14 June 2025
यो कसले बोलेको ? रूखले ? हो, तर के यो उही 'पिँजराको सुगा' लेख्ने कविको असी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो–
'सब सहन शक्ने ननिहुरी'
कविको कत्रो आत्मसम्मान, आत्मविश्वास? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिले आफ्ना समकालीन अरू प्रायः सबै कविहरूको प्रतिष्ठानमाथि लेखनाथ तरुण भएर बलिरहेका छन्; नेपाली भाषाको दशा (दियोको बत्ती) सित सदैव बलिरहनेछन्, यसमा सन्देह छैन ।
अगिल्लो भूमिकामा मैले 'तरुण तपसी' लाई प्रसिद्ध 'मेघदूत' र ग्रेको 'एलिजि' सित दाँज्न पुगेको छु । कुनै अवयवमा, आकारमा तथा शैलीमा यिनीहरूको दँजाई उत्तिको अनुचित छैन; अवश्य आश्य कालिदासले मीठा वर्णन गरेका छन्, बादललाई गरेको सम्बोधनमा प्रतिभा झल्केको छ, उच्च कल्पनाहरू छन्, ग्रेको एलिजि पनि सुन्दर छ; परन्तु एकदेशीय छन् । 'तरुण तपसी'- ले एउटा वृक्षको रुदनलाई मात्र बुझेको छैन उसले समस्त मानवजातिका आस्था, अहङ्कार, भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएको छ, यति मात्र होइन भविष्यलाई समेत औँल्याएर आधुनिक उच्छृङ्खलतालाई सावधान हुने सन्देश दिएको छ, त्यो पनि कति सुन्दर कलाले–
'मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥'
नेपाली रुचि र परम्पराअनुसार 'तरुण तपसी'-मा तरुको कल्पना प्रतीकवादी भएको छ, त्यसो हुँदाहुँदै पनि कविता दोबरिए पनि त्यो पातलो रेशम अथवा नाइलनले छापेजस्तो स्पष्ट देखिने भएको छ।
(३) कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ, 'सत्यकलि संवाद' को–
'काढी तरक्क पसिना दिनरात डोको
बोके पनि उदरगर्त रहन्छ भोको'
यो जस्तै यसमा पनि–
'कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञान-गठरी'
यस्ता अनेकौँ उदाहरण उत्रन सक्तछन् । अझ जब लेखनाथ चरालाई छुन्छन् तब उनी यथार्थमा द्विज बन्दछन्– लाग्दछ, उनी चराको भाषा बुझ्दछन् । मन उठ्तछ 'षष्ठ विश्राम' यहाँ फेरि जम्मै उतारूँ, तर अहिले म चारैतिरबाट सोहोरी भूमिकालाई छोट्याउने प्रयत्न गरिरहेको छु । तैपनि यी दुई पङ्क्ति उद्धृत गर्दछु- यसमा ध्वनि अनन्तसम्म प्रतिध्वनि भएझैँ मलाई लाग्दछ–