Page:Tarun tapasi.pdf/68: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|९}} | {{pcn|९}} | ||
म | म ब्यूँझेँ, भेट्टायेँ चटकमय त्यो खाद्य खचित | ||
:: | ::भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित । | ||
स्वयं | स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी | ||
::अहो कस्तो लीला ? | ::अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !! | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी | अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी | ||
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ? | ::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ? | ||
भनी | भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको | ||
::बग्यो मानू मेरो खलखल कुलो | ::बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
Line 17: | Line 17: | ||
::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो । | ::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो । | ||
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी | थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी | ||
::मजैमा | ::मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा | बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा | ||
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा । | ::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा । | ||
ठुला-साना नाना थकित बटुवाका नजरको | |||
:: | ::भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
Line 32: | Line 32: | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
खुशी बढ्दै आयो, | खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक | ||
:: | ::घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक । | ||
झुके लुर्का फुर्का सकल पगरीका तल तल | झुके लुर्का फुर्का सकल पगरीका तल तल | ||
::जम्यो ती जम्बैमा रुचिर | ::जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:06, 14 June 2025
९
म ब्यूँझेँ, भेट्टायेँ चटकमय त्यो खाद्य खचित
भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित ।
स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी
अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !!
१०
अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥
११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥
१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुला-साना नाना थकित बटुवाका नजरको
भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥
१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥
१४
खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक
घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥