Page:Tarun tapasi.pdf/58: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना ::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना। सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी ::फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
टुट्यो त्यस्ले गर्दा भुवनभरको | टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना | ||
::गयो गल्दै गल्दै सकल दुनियाँको तम | ::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना । | ||
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी | सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी | ||
::फुके साना ठाडा | ::फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
कुनामा ती रागी दिवसकरको चुम्बन परी | कुनामा ती रागी दिवसकरको चुम्बन परी | ||
::खुशीले मस्केकी सरल धरणीको स्मित | ::खुशीले मस्केकी सरल धरणीको स्मित सरी । | ||
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि | उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि | ||
::झिके यौटा दोटा चपल चिडियाले | ::झिके यौटा दोटा चपल चिडियाले खलबली ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको | उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको | ||
::गुलाफी खोपी वा अति चहकिलो | ::गुलाफी खोपी वा अति चहकिलो केलि-घरको । | ||
खुला पारी ढोका, विहगकुल त्यो | खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल | ||
::प्रभातीको ताना मधुर लिन थाल्यो | ::प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी | हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी | ||
::छरी रातो रोरीमय चहक राम्रो नट | ::छरी रातो रोरीमय चहक राम्रो नट सरी । | ||
उदाये वा आये जब रवि खुला | उदाये वा आये जब रवि खुला नाट्य-घरमा | ||
::तमासा अर्कै भो अनि सकल | ::तमासा अर्कै भो अनि सकल संसारभरमा ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि | ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि | ||
::त्यसै | ::त्यसै झल्केँ टल्केँ रवि-किरणले कञ्चन बनी । | ||
चरा मानू | चरा मानू नीराजन-विषयको कीर्तन गरी | ||
::उडे सारा चारा लिन चपल चञ्चूपुट | ::उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
उता जोड्छन् नाता उदयगिरिमा | उता जोड्छन् नाता उदयगिरिमा वासरमणि । | ||
::यता छोड्छन् ताता सुखशयनको | ::यता छोड्छन् ताता सुखशयनको वासरमणी । | ||
उनी बन्छन् | उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलश | ||
::इनी भन्छन् | ::इनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:06, 12 June 2025
२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥
२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली ॥
२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलि-घरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल
प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥
२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्य-घरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा ॥
२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्केँ टल्केँ रवि-किरणले कञ्चन बनी ।
चरा मानू नीराजन-विषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥
२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥