Jump to content

Page:Tarun tapasi.pdf/55: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} जगद्धात्री देवी प्रकृतिजननीमा विषमता ::हुनाले झल्केको भुवनबिच के मिल्छ समता? भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी ::हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६}}
{{pcn|६}}
जगद्धात्री देवी प्रकृतिजननीमा विषमता
जगद्धात्री देवी प्रकृति-जननीमा विषमता
::हुनाले झल्केको भुवनबिच के मिल्छ समता?
::हुनाले झल्केको भुवनबिच के मिल्छ समता ?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
::हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।।
::हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥


{{pcn|७}}
{{pcn|७}}
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
::त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो।
::त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
::लपेटेकै देखें उस विषमताले फनफनी।।
::लपेटेकै देखेँ उस विषमताले फनफनी ॥


{{pcn|८}}
{{pcn|८}}
घडी झुम्रेझाम्रे मलमलिन ढाक्रे र भरिया
घडी झुम्रे-झाम्रे मल-मलिन ढाक्रे र भरिया
::घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया।
::घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया ।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
::थियें साक्षी जस्तो सकल बटुवाको म बिचमा।।
::थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥


{{pcn|९}}
{{pcn|९}}
झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
::उनी माला मोतीसदृश पसिनाको दिवसमा।
::उनी माला मोतीसदृश पसिनाको दिवसमा ।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
::सबै शोची (षी) लिन्थें म पनि गहना त्यो सुपथमा।।
::सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥


{{pcn|१०}}
{{pcn|१०}}
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थजनको
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थ-जनको
::उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको।
::उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।
भन्थें तत्कालै पर पर पुर्याईकन भुजा
भन्थेँ तत्कालै पर पर पुर्‍याईकन भुजा
::यता झर्ने चर्का रविकिरण पार्छू सब कुजा।।
::यता झर्ने चर्का रवि-किरण पार्छू सब कुजा ॥


{{pcn|११}}
{{pcn|११}}
कडा राँको जस्ता रविकिरणको ताप फिंजिंदा
कडा राँको जस्ता रवि-किरणको ताप फिँजिँदा
::कठै बाटोघाटो रिपुमुलुक झैं दुर्गम हुँदा।
::कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा ।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
::थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति।।
::थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:56, 12 June 2025

This page has been validated


जगद्धात्री देवी प्रकृति-जननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता ?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥


अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखेँ उस विषमताले फनफनी ॥


घडी झुम्रे-झाम्रे मल-मलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया ।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥


झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा ।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥

१०
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थ-जनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।
म भन्थेँ तत्कालै पर पर पुर्‍याईकन भुजा
यता झर्ने चर्का रवि-किरण पार्छू सब कुजा ॥

११
कडा राँको जस्ता रवि-किरणको ताप फिँजिँदा
कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा ।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥