Jump to content

Page:Tarun tapasi.pdf/54: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
यसरी बहँदो घरी घरी
यसरी बहँदो घरी घरी
::मुनिको शीतल सूक्तिमाधुरी
::मुनिको शीतल सूक्ति-माधुरी
बिचमा जति रोकियो उति
बिचमा जति रोकियो उति
::दिन थाल्यो नव भावजागृति
::दिन थाल्यो नव भाव-जागृति


{{pcn|२}}
{{pcn|२}}
फराकीलो चौकीउपर बलियो आसन कसी
फराकीलो चौकी-उपर बलियो आसन कसी
::म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।
::म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
Line 17: Line 17:
{{pcn|३}}
{{pcn|३}}
मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
::बिसाऊन् वा जन्तीहरु वरबधूसाथ सुकिला ।
::बिसाऊन् वा जन्तीहरु वर-बधू-साथ सुकिला ।
समानै दिन्थें ती उभयकन छाया म तिनको
समानै दिन्थेँ ती उभयकन छाया म तिनको
::स्वयं लिन्थें छाया प्रणयसित सम्पूर्ण मनको ॥
::स्वयं लिन्थेँ छाया प्रणयसित सम्पूर्ण मनको ॥


{{pcn|४}}
{{pcn|४}}
छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
::कुनै त्यागी होस् वा विषयरस रागी लखपति ।
::कुनै त्यागी होस् वा विषयरस रागी लखपति ।
समानै ठान्थें ती विधिविहित चैतन्यपुतली
समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतली
::पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥
::पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥


{{pcn|५}}
{{pcn|५}}
समै भित्री श्रद्धा, सम अतिथिसत्कारविधि त्यो
समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्यो
::समै प्यारो चौकीमय चहकिलो शान्तिनिधि त्यो ।
::समै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो ।
थला मारी झुल्थें म पनि समताकै रहरमा
थला मारी झुल्थेँ म पनि समताकै रहरमा
::थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥
::थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:52, 12 June 2025

This page has been validated
अष्टम विश्राम


यसरी बहँदो घरी घरी
मुनिको शीतल सूक्ति-माधुरी ।
बिचमा जति रोकियो उति
दिन थाल्यो नव भाव-जागृति ॥


फराकीलो चौकी-उपर बलियो आसन कसी
म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले ॥


मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
बिसाऊन् वा जन्तीहरु वर-बधू-साथ सुकिला ।
समानै दिन्थेँ ती उभयकन छाया म तिनको
स्वयं लिन्थेँ छाया प्रणयसित सम्पूर्ण मनको ॥


छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस् वा विषयरस रागी लखपति ।
समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतली
पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥


समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्यो
समै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो ।
थला मारी झुल्थेँ म पनि समताकै रहरमा
थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥