Page:Tarun tapasi.pdf/44: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::म लाटो अज्ञानी विहग बिचरो दूर वनको । | ::म लाटो अज्ञानी विहग बिचरो दूर वनको । | ||
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता | स्वभावैले मेरा उपर हुनुपर्ने सदयता | ||
::लियौ जानी जानी अहह किन उल्टो परुषता ? | ::लियौ जानी जानी अहह ! किन उल्टो परुषता ? | ||
{{pcn|७}} | {{pcn|७}} | ||
जगत्-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी | |||
::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी । | ::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी । | ||
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो | रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा | ||
::मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा ॥ | ::मट्याङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा | तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा | ||
::कुनै वेला | ::कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा । | ||
दुवै | दुवै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी | ||
::वृथा त्यो भत्कायौ अबुझ तिमिले | ::वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
कुनै वेला तिम्रो गृह र | कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि | ||
::सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी । | ::सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी । | ||
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि | कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि | ||
::'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥ | ::'चरी ! आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा | हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा | ||
::म नाचेको | ::म नाचेको देख्थेँ प्रणयपुरको मध्य धुरिमा । | ||
खुसी | खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन | ||
::कठै यो हत्यारोपन त उस वेला समझिनँ ॥ | ::कठै ! यो हत्यारोपन त उस वेला समझिनँ ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
खसेको दाना वा | खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा | ||
::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा । | ::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा । | ||
तपस्वी जस्तो भै | तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी | ||
::रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि | ::रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि !! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:41, 11 June 2025
६
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह ! किन उल्टो परुषता ?
७
जगत्-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥
८
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥
९
कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी ! आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥
१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थेँ प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन
कठै ! यो हत्यारोपन त उस वेला समझिनँ ॥
११
खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि !!