Page:Tarun tapasi.pdf/43: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''षष्ठ विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} करुणामय त्यो कथा सुनी ::मुनि झैं खिन्न भयेर ती पनि। चुपचाप थियें नगीचमा ::फिर निस्क्यो मुनिवाक्य बीचमा।। {{pcn|२}} शिकारीको झम्टा तनबिच परेथ्यो जब..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
करुणामय त्यो कथा सुनी | करुणामय त्यो कथा सुनी | ||
::मुनि | ::मुनि झैँ खिन्न भयेर ती पनि । | ||
चुपचाप | चुपचाप थियेँ नगीचमा | ||
::फिर निस्क्यो मुनिवाक्य | ::फिर निस्क्यो मुनिवाक्य बीचमा ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
शिकारीको झम्टा | शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि | ||
::चरी बोल्यो | ::चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी । | ||
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता | म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता | ||
::कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि | ::कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी | कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी ! | ||
::कहाँ यस्तो सानू सरलमति निर्दोष म | ::कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी । | ||
दया माया छोडी मनुज कुन तृष्णावश परी | दया माया छोडी मनुज ! कुन तृष्णावश परी | ||
::मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी? | ::मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ? | ||
{{pcn|४}} | {{pcn|४}} | ||
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन | न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन | ||
::न शक्छौ मासूले दिनभर अघायेर | ::न शक्छौ मासूले दिनभर अघायेर जिउन । | ||
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन | न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन | ||
::चुँड्यौ व्यर्थै मेरो | ::चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ? | ||
{{pcn|५}} | {{pcn|५}} | ||
सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति | |||
::ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति | ::ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति । | ||
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल | घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल | ||
::उनै उल्टो भोग्छन्, | ::उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:34, 11 June 2025
१
करुणामय त्यो कथा सुनी
मुनि झैँ खिन्न भयेर ती पनि ।
चुपचाप थियेँ नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा ॥
२
शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥
३
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी !
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज ! कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?
४
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?
५
सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ॥