Jump to content

Page:Tarun tapasi.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::जमायेको देखी हतमति शिकारी अघि सरी ।
::जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
::खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले ॥
::खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥


{{pcn|२२}}
{{pcn|२२}}
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा
::अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
::अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
Line 17: Line 17:
::थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
::थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
::छुनासाथै निस्क्यो कठिनसित 'चीं चीं, चिरिरिरी' ॥
::छुनासाथै निस्क्यो कठिनसित 'चीँ चीँ, चिरिरिरी' ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:29, 11 June 2025

This page has been validated

२१
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥

२२
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥

२३
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित 'चीँ चीँ, चिरिरिरी' ॥