Jump to content

Page:Champa.pdf/17: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये  
गर्न शुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये  
एउटा घर थियो रमाकान्त अधिकारीको ।
एउटा घर थियो रमाकान्त अधिकारीको ।


उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको  
उनी पूर्व तीन नम्बर ओखलढुङ्गाका थिए । ओखलढुङ्गा कविको  
चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुंगाका
चाहिँ अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुङ्गाका
चोसेमोसे घर, जाली खड्का र चतुरे काकीहरूको ज्यादा जमात  
चोसेमोसे घर, जाली खड्का र चतुरे कार्कीहरूको ज्यादा जमात  
भएको वेलामा, पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजीमात
भएको बेलामा पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजी मात
गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित  
गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित  
कम्र्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता  
कर्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता  
हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत  
हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत  
बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन ।  
बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन ।  
पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र  
पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र  
कान्तिपुरीको संभावना परीक्षा गरुँ भन्ने मनसायले उनी मैतीदेवी  
कान्तिपुरीको सम्भावना परीक्षा गरूँ भन्ने मनसायले उनी मैतीदेवी  
फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोखा
फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोका
मिले । एक जना माष्टरबोजेको भर पर्दा झण्डै खोलामा परेका थिए ।  
मिले । एक जना मास्टरबाजेको भर पर्दा झण्डै खोलामा परेका थिए ।  
भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू ग्जबका छट्टू हुँदा रहेछन् ।  
भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू गजबका छट्टू हुँदा रहेछन् ।  
कुराकानी त के भन्नु खै ?…. आकाशले फूल टिपिहाल्ने पो पच्चीस  
कुराकानी त के भन्नु खै ! आकाशले फूल टिपिहाल्ने पो, पच्चीस  
हज्जारको काम उठाएको पन्ध्र हज्जार ता ओठै ओठले पो चपाइदिए ।  
हजारको काम उठाएको पन्ध्र हजार ता ओठैओठले पो चपाइदिए ।  
बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको  
बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको  
फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हज्जारसम्म जमाएका पहाडी  
फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हजारसम्म जमाएका पहाडी  
राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न  
राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न  
लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर  
लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर  
बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने  
बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने  
विचार अलि मसाँग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने  
विचार अलि मसाङ्ग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने  
होशियारद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठण्डा पानी हालिदिएको  
होशियारीद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठन्डा पानी हालिदिएको  
थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरी अगाडि अडेदथ्यो
थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरीअगाडि अड्दथ्यो
रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर  
रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर  
यति साह्रो हेलाँ गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने  
यति सार्‍हो हेला गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने  
घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे बित्पातका पो  
घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे ! बित्पातका पो  
हुन्छन् नेपाली ठिटाहरू त ।
हुन्छन् नेपाली ठिटाहरू त ।


पं. रमाकान्तले राजाको चाकरी गर्न लागे धेरै दिन
पं. रमाकान्तले राजाको चाकरी गर्न लागे, धेरै दिन

Latest revision as of 16:55, 11 June 2025

This page has been proofread

गर्न शुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको ।

उनी पूर्व तीन नम्बर ओखलढुङ्गाका थिए । ओखलढुङ्गा कविको चाहिँ अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुङ्गाका चोसेमोसे घर, जाली खड्का र चतुरे कार्कीहरूको ज्यादा जमात भएको बेलामा पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजी मात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कर्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको सम्भावना परीक्षा गरूँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोका मिले । एक जना मास्टरबाजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू गजबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ! आकाशले फूल टिपिहाल्ने पो, पच्चीस हजारको काम उठाएको पन्ध्र हजार ता ओठैओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हजारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाङ्ग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारीद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठन्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरीअगाडि अड्दथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति सार्‍हो हेला गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे ! बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त ।

पं. रमाकान्तले राजाको चाकरी गर्न लागे, धेरै दिन