Page:Champa.pdf/17: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गर्न | गर्न शुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये | ||
एउटा घर थियो रमाकान्त अधिकारीको । | |||
उनी पूर्व तीन नम्बर | उनी पूर्व तीन नम्बर ओखलढुङ्गाका थिए । ओखलढुङ्गा कविको | ||
चाहिँ अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुङ्गाका | |||
चोसेमोसे घर, जाली खड्का र चतुरे कार्कीहरूको ज्यादा जमात | |||
भएको बेलामा पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजी मात | |||
गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित | |||
कर्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता | |||
हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत | |||
बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । | |||
पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र | |||
कान्तिपुरीको सम्भावना परीक्षा गरूँ भन्ने मनसायले उनी मैतीदेवी | |||
फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोका | |||
मिले । एक जना मास्टरबाजेको भर पर्दा झण्डै खोलामा परेका थिए । | |||
भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू गजबका छट्टू हुँदा रहेछन् । | |||
कुराकानी त के भन्नु खै ! आकाशले फूल टिपिहाल्ने पो, पच्चीस | |||
हजारको काम उठाएको पन्ध्र हजार ता ओठैओठले पो चपाइदिए । | |||
बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको | |||
फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हजारसम्म जमाएका पहाडी | |||
राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न | |||
लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर | |||
बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने | |||
विचार अलि मसाङ्ग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने | |||
होशियारीद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठन्डा पानी हालिदिएको | |||
थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरीअगाडि अड्दथ्यो | |||
रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर | |||
यति सार्हो हेला गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने | |||
घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे ! बित्पातका पो | |||
हुन्छन् नेपाली ठिटाहरू त । | |||
पं. रमाकान्तले राजाको चाकरी गर्न लागे | पं. रमाकान्तले राजाको चाकरी गर्न लागे, धेरै दिन |
Latest revision as of 16:55, 11 June 2025
गर्न शुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको ।
उनी पूर्व तीन नम्बर ओखलढुङ्गाका थिए । ओखलढुङ्गा कविको चाहिँ अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुङ्गाका चोसेमोसे घर, जाली खड्का र चतुरे कार्कीहरूको ज्यादा जमात भएको बेलामा पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजी मात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कर्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको सम्भावना परीक्षा गरूँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोका मिले । एक जना मास्टरबाजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू गजबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ! आकाशले फूल टिपिहाल्ने पो, पच्चीस हजारको काम उठाएको पन्ध्र हजार ता ओठैओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हजारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाङ्ग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारीद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठन्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरीअगाडि अड्दथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति सार्हो हेला गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे ! बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त ।
पं. रमाकान्तले राजाको चाकरी गर्न लागे, धेरै दिन