Jump to content

Page:Shakuntala.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> “मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।” भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । “आसू होस् सब दोष, होश पर होस्,..."
 
Srj (talk | contribs)
No edit summary
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
“मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।”
::बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
“आसू होस् सब दोष, होश पर होस्, पूजा यही” भन्दछ ।।
::"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ
(२३)
{{pcn|(२३)}}
 
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ।।
::वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा
ती माला स्तनाको सुधा हृदयमा बस्छिन् बहाईकन ।  
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।  
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ।।
::बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन
(२४)
{{pcn|(२४)}}
“बुट्टा हेरन पिच्छमा झिलिमिली” भन्दै त्यसै ढल्किँदो ।  
 
हुन् आरूढा नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ।।
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।  
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– ‘मन’
::हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ।।
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन'
(२५)
::लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन
“नाला मात्र रहेछ यो शिशु” भनी दाढी फुलेका भनून् ।
{{pcn|(२५)}}
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ।।
 
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
::मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ।।
::पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो
(२६)
{{pcn|(२६)}}
 
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ।।
::रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ।।
::काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून्
(२७)
{{pcn|(२७)}}
“हा हा भारत !भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।  
 
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ।।
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।  
::जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून्
::पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून्
(२८)
{{pcn|(२८)}}
</poem>
</poem>}}

Latest revision as of 21:37, 10 June 2025

This page has been proofread

"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)

मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)

"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)

"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)

जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)

"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
(२८)