Jump to content

Page:Shakuntala.pdf/34: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
पिहित छन्‌ स्तन चूत बढालु झैं ।
पिहित छन् स्तन चूत बढालु झैं ।
::सुरपुरीलतिका उर बाँध्दछन्‌
::सुरपुरीलतिका उर बाँध्दछन्
फल लुकाउन फूल जडीकन ।
फल लुकाउन फूल जडीकन ।
::'शरम राख्न सुगन्ध समाउँछन्‌
::शरम राख्न सुगन्ध समाउँछन्
{{pcn|(५६)}}
{{pcn|(५६)}}


उर अधोगत देख्न वनस्थली ।
उर अधोगत देख्न वनस्थली ।
::पुलकसाथ बनी कुसुमा$5वलि
::पुलकसाथ बनी कुसुमाऽऽवलि
पिक मदालस बोल्छ “कुह्‌ पत ॥"
पिक मदालस बोल्छ "कुहू कुहू ।
::मधुर प्रश्न गरेर ;: |
::" मधुर प्रश्न गरेर मुहुर्मुहुः
{{pcn|(५७)}}
{{pcn|(५७)}}


Line 16: Line 16:
::मृदु घडाहरु दृश्य-भरी छरी ॥
::मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
लहर बन्छ समीरण सुस्तरी ।
::श्रवणमा मुनिको मृदु मर्मेरी
::श्रवणमा मुनिको मृदु मर्मरी
{{pcn|(५८)}}
{{pcn|(५८)}}


तर उनी ल्नुती दृढमौन छन्‌
तर उनी नसुनी दृढमौन छन्
::जड न न्‌,
::जड त्यहाँ जब रुन्झुन गर्दछन्
तटशिला पनि सुन्दरले छुँदा
तटशिला पनि सुन्दरले छँदा
::सलिल-रङ्ग तरङ्ग सुनाउँछन्‌
::सलिल-रङ्ग तरङ्ग सुनाउँछन्
{{pcn|(५९)}}
{{pcn|(५९)}}


अब झरिन्‌ घरणीतिर अप्सरा ।
अब झरिन् धरणीतिर अप्सरा ।
::मधुरपड्ख निर्मीलित झै चरा ॥
::मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
विटपका करमा करले अडी ।
::मृदुलतासरि छन्‌ तरुमा जडी ॥
::मृदुलतासरि छन् तरुमा जडी ॥
{{pcn|(६०)}}
{{pcn|(६०)}}


सतिलदर्पणमा मुख हेर्दछिन्‌
सलिलदर्पणमा मुख हेर्दछिन्
::अनम त्यो मुखमाधुरी ॥
::अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
कुन बयान ? बने कति अप्सरा ।
::जल तथा थल औ उरमा परी ॥
::जल तथा थल औ. उरमा परी ॥
{{pcn|(६१)}}
{{pcn|(६१)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

पिहित छन् स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन् ॥
फल लुकाउन फूल जडीकन ।
शरम राख्न सुगन्ध समाउँछन् ॥
(५६)

उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमाऽऽवलि ॥
पिक मदालस बोल्छ "कुहू कुहू ।
" मधुर प्रश्न गरेर मुहुर्मुहुः ॥
(५७)

सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मरी ॥
(५८)

तर उनी नसुनी दृढमौन छन् ।
जड त्यहाँ जब रुन्झुन गर्दछन् ॥
तटशिला पनि सुन्दरले छँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥
(५९)

अब झरिन् धरणीतिर अप्सरा ।
मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन् तरुमा जडी ॥
(६०)

सलिलदर्पणमा मुख हेर्दछिन् ।
अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ. उरमा परी ॥
(६१)