Page:Shakuntala.pdf/34: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पिहित | {{center block| | ||
सुरपुरीलतिका उर | <poem> | ||
पिहित छन् स्तन चूत बढालु झैं । | |||
::सुरपुरीलतिका उर बाँध्दछन् ॥ | |||
फल लुकाउन फूल जडीकन । | फल लुकाउन फूल जडीकन । | ||
::शरम राख्न सुगन्ध समाउँछन् ॥ | |||
(५६) | {{pcn|(५६)}} | ||
उर अधोगत देख्न वनस्थली । | उर अधोगत देख्न वनस्थली । | ||
पुलकसाथ बनी | ::पुलकसाथ बनी कुसुमाऽऽवलि ॥ | ||
पिक मदालस बोल्छ | पिक मदालस बोल्छ "कुहू कुहू । | ||
मधुर प्रश्न गरेर | ::" मधुर प्रश्न गरेर मुहुर्मुहुः ॥ | ||
(५७) | {{pcn|(५७)}} | ||
सुरपुरी सब हेर्दछ, रङ्गको । | सुरपुरी सब हेर्दछ, रङ्गको । | ||
मृदु घडाहरु दृश्य-भरी छरी ॥ | ::मृदु घडाहरु दृश्य-भरी छरी ॥ | ||
लहर बन्छ समीरण सुस्तरी । | लहर बन्छ समीरण सुस्तरी । | ||
श्रवणमा मुनिको मृदु | ::श्रवणमा मुनिको मृदु मर्मरी ॥ | ||
( | {{pcn|(५८)}} | ||
तर उनी | |||
जड | तर उनी नसुनी दृढमौन छन् । | ||
तटशिला पनि सुन्दरले | ::जड त्यहाँ जब रुन्झुन गर्दछन् ॥ | ||
सलिल-रङ्ग तरङ्ग | तटशिला पनि सुन्दरले छँदा । | ||
५९) | ::सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ | ||
अब | {{pcn|(५९)}} | ||
अब झरिन् धरणीतिर अप्सरा । | |||
::मधुरपङ्ख निमीलित भै चरा ॥ | |||
विटपका करमा करले अडी । | विटपका करमा करले अडी । | ||
मृदुलतासरि | ::मृदुलतासरि छन् तरुमा जडी ॥ | ||
(६०) | {{pcn|(६०)}} | ||
सलिलदर्पणमा मुख हेर्दछिन् । | |||
::अब म भन्दिनँ त्यो मुखमाधुरी ॥ | |||
कुन बयान ? बने कति अप्सरा । | कुन बयान ? बने कति अप्सरा । | ||
जल तथा थल औ उरमा परी ॥ | ::जल तथा थल औ. उरमा परी ॥ | ||
(६१) | {{pcn|(६१)}} | ||
</poem>}} |
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
पिहित छन् स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन् ॥
फल लुकाउन फूल जडीकन ।
शरम राख्न सुगन्ध समाउँछन् ॥
(५६)
उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमाऽऽवलि ॥
पिक मदालस बोल्छ "कुहू कुहू ।
" मधुर प्रश्न गरेर मुहुर्मुहुः ॥
(५७)
सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मरी ॥
(५८)
तर उनी नसुनी दृढमौन छन् ।
जड त्यहाँ जब रुन्झुन गर्दछन् ॥
तटशिला पनि सुन्दरले छँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥
(५९)
अब झरिन् धरणीतिर अप्सरा ।
मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन् तरुमा जडी ॥
(६०)
सलिलदर्पणमा मुख हेर्दछिन् ।
अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ. उरमा परी ॥
(६१)