Jump to content

Page:Shakuntala.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::सुरका पुरको सुन कान्ति हुँदा ॥
::सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
सुरलोक भनीकन देवपरी,
::छकिईकन आउँदछन्‌ कि झरी ?
::छकिईकन आउँदछन् कि झरी ?
{{pcn|(५)}}
{{pcn|(५)}}


दिनको सपना रचना रसिलो ।
दिनको सपना रचना रसिलो ।
::अनपुग्छ चढी सुनको शिखर ॥
::अब पुग्छ चढी सुनको शिखर ॥
रविले कवि झैं छवि छाइदिँदा ।
रविले कवि भै छवि छाइदिँदा ।
::अब धप्प भयो सुनको शहर ॥
::अब धप्प भयो सुनको शहर ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


मत हेर्छु आज रही तटमा ।
म त हेर्दछु आज रही तटमा ।
::वनमा जलको सुन-छल्छलमा ॥
::वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
दरबार बनाउँछ कल्कलले ।
::'घनका प्रतिबिम्बित टल्पलमा ॥
::घनका प्रतिबिम्बित टल्पलमा ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


सुन झन्‌झन छन्‌छन शब्द भरी ।
सुन झन्झन छन्छन शब्द भरी ।
::घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥
::घुँघुरा जलका श्रुतिरञ्जन छन् ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
::सुन मञ्जुल शब्द सुनाउँदछन्‌
::सुन मञ्जुल शब्द सुनाउँदछन्
{{pcn|(८)}}
{{pcn|(८)}}


लहरी कति भयाउ किनार छुँदै
लहरी कति भयाउ किनार हुँदै
::झलमल्ल झरीकन छर्बीरेँदै
::झलमल्ल झरीकन छर्बरिंदै
हरिया भुइँमा बहुरत्न लडी ।
हरिया भुइँमा बहुरत्न लडी ।
::लयदार बने झलमल्ल गुडी ॥
::लयदार बने झलमल्ल गुडी ॥
{{pcn|(९)}}
{{pcn|(९)}}


हरियो वनमा नव बैंस हु
हरियो वनमा नव बैंस हुँदा ।
::नव पल्लवका अधरा$सवले
::नव पल्लवका अधराऽसवले
मदमत्त छ कोकिल काल बुझी ।
मदमत्त छ कोकिल काल बुझी ।
::वनबीच वसन्त र स्वर्ग सुझी ॥
::वनबीच वसन्त र स्वर्ग सुझी ॥

Latest revision as of 19:39, 10 June 2025

This page has not been proofread

पृथिवी सुनले सब छाइदिँदा ।
सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
छकिईकन आउँदछन् कि झरी ?
(५)

दिनको सपना रचना रसिलो ।
अब पुग्छ चढी सुनको शिखर ॥
रविले कवि भै छवि छाइदिँदा ।
अब धप्प भयो सुनको शहर ॥
(६)

म त हेर्दछु आज रही तटमा ।
वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
घनका प्रतिबिम्बित टल्पलमा ॥
(७)

सुन झन्झन छन्छन शब्द भरी ।
घुँघुरा जलका श्रुतिरञ्जन छन् ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
सुन मञ्जुल शब्द सुनाउँदछन् ॥
(८)

लहरी कति भयाउ किनार हुँदै ।
झलमल्ल झरीकन छर्बरिंदै ॥
हरिया भुइँमा बहुरत्न लडी ।
लयदार बने झलमल्ल गुडी ॥
(९)

हरियो वनमा नव बैंस हुँदा ।
नव पल्लवका अधराऽसवले ॥
मदमत्त छ कोकिल काल बुझी ।
वनबीच वसन्त र स्वर्ग सुझी ॥
(१०)