Page:Tarun tapasi.pdf/40: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
कुनै कालो चिल्लो | कुनै कालो चिल्लो घन-सम जटामण्डल घना | ||
::पुग्यो माथी, भैगो सफल सब | ::पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना । | ||
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि | फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि | ||
::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥ | ::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥ | ||
Line 11: | Line 11: | ||
::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी । | ::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी । | ||
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू | जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू | ||
::म | ::म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
म द्यौता, त्यो चौकी | म द्यौता, त्यो चौकी विधि-विहित देवालय सरी | ||
::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी । | ::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी । | ||
थियो तिन्को पूजाविधि ललित | थियो तिन्को पूजाविधि ललित लीला-रसमय | ||
::म | ::म दिन्थेँ पूजाको फल अतुल विश्रान्ति, अभय ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै | तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै | ||
::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै । | ::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै । | ||
तिनैलाई | तिनैलाई ठान्थेँ परिजन तथा जीवन पनि | ||
::तिनै मिल्दा | ::तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
पखेटाको हम्को, | पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको | ||
::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको । | ::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको । | ||
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी | मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी | ||
::म | ::म सम्झन्थेँ सारा मधुर परमाऽऽनन्द-लहरी ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
Line 35: | Line 35: | ||
::स्वयं वर्षायेका अमर नगरीका फुल सरी । | ::स्वयं वर्षायेका अमर नगरीका फुल सरी । | ||
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा | थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा | ||
:: | ::उडी-जाँदा देख्थेँ किन किन अँध्यारा दश दिशा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:59, 10 June 2025
१५
कुनै कालो चिल्लो घन-सम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना ।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥
१६
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥
१७
म द्यौता, त्यो चौकी विधि-विहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीला-रसमय
म दिन्थेँ पूजाको फल अतुल विश्रान्ति, अभय ॥
१८
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थेँ परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥
१९
पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थेँ सारा मधुर परमाऽऽनन्द-लहरी ॥
२०
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडी-जाँदा देख्थेँ किन किन अँध्यारा दश दिशा ॥