Jump to content

Page:Tarun tapasi.pdf/38: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६}}
{{pcn|६}}
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला
::कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
::कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि
::भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि
::भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि


{{pcn|७}}
{{pcn|७}}
Line 11: Line 11:
::ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
::ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
::जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो ॥
::जगत्‌को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥


{{pcn|८}}
{{pcn|८}}
सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
सबै आऊन्, पाऊन् प्रणय-सुखद्वारा हृदयको
::कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
::कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी
::नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि ॥
::नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥


{{pcn|९}}
{{pcn|९}}
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
::चुलोचम्को लाई खचित नगिचै लाखन शिला ।
::चुलो-चम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
उता मीठो पानी, सब तरहले वास सजिलो
::थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥
::थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥
Line 34: Line 34:
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
::चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
::चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर
::कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥
::कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:52, 10 June 2025

This page has been validated


तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥


त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्‌को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥


सबै आऊन्, पाऊन् प्रणय-सुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥


म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलो-चम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥

१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।
नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥

११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर
कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥