Jump to content

Page:Tarun tapasi.pdf/36: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२१}}
{{pcn|२१}}
ठिटी झैं गर्थिन् ती नटखट; छिटी झन् पयरमा
ठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमा
::थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।
::थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
Line 8: Line 8:


{{pcn|२२}}
{{pcn|२२}}
त्यही फागुद्वारा उस बखत मेरो शिरभरी
त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी
::चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।
::चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।
म यो देखी आफैं मनमन बडो गद्गद भयें
म यो देखी आफैँ मनमन बडो गद्‌गद भयेँ
::वसन्तश्रीलाई प्रणयफुलको अञ्जलि दियें
::वसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ


{{pcn|२३}}
{{pcn|२३}}
चढायेको मैले प्रणयफुलको अञ्जलि लिई
चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई
::मलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।
::मलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
::वसन्तश्री, उर्ले भुवनभर आनन्दलहरी
::वसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी


{{pcn|२४}}
{{pcn|२४}}
म तेही वासन्ती मधुर छविको रङ्गरसमा
म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा
::डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।
::डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।
डटें चौबाटोमा पथिक जनको आश्रय बनी
डटेँ चौबाटोमा पथिक जनको आश्रय बनी
::सबै लागे मेरो प्रणयवश भै गर्न सह्रनी ॥
::सबै लागे मेरो प्रणय-वश भै गर्न सह्रनी ॥


{{pcn|२५}}
{{pcn|२५}}
त्यहाँदेखी मेरा जति जति बिते जीवनघडी
त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी
::उती खुल्दैआये क्रमसित विपत्का हतकडी ।
::उती खुल्दै-आये क्रमसित विपत्‌का हतकडी ।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
::उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥
::उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥
Line 33: Line 33:
{{pcn|२६}}
{{pcn|२६}}
मसित सब बताई ई मिठा सत्य बात
मसित सब बताई ई मिठा सत्य बात
::नयनयुगल चिम्ले सिद्धले शान्तिसाथ
::नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ
हृदयबिच बिलायो श्वासनिश्वास सारा
हृदयबिच बिलायो श्वास-निश्वास सारा
::मुनिमन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥
::मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 16:42, 10 June 2025

This page has been validated

२१
ठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमा
थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी ॥

२२
त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी
चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।
म यो देखी आफैँ मनमन बडो गद्‌गद भयेँ
वसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥

२३
चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई
मलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
वसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥

२४
म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा
डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।
डटेँ चौबाटोमा पथिक जनको आश्रय बनी
सबै लागे मेरो प्रणय-वश भै गर्न सह्रनी ॥

२५
त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी
उती खुल्दै-आये क्रमसित विपत्‌का हतकडी ।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥

२६
मसित सब बताई ई मिठा सत्य बात
नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ ।
हृदयबिच बिलायो श्वास-निश्वास सारा
मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥