Page:Tarun tapasi.pdf/36: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} ठिटी झैं गर्थिन् ती नटखट; छिटी झन् पयरमा ::थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा। हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी ::कुरा गर्थ्यो मानू मधुर मुहुनीको..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
ठिटी | ठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमा | ||
::थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु | ::थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा । | ||
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी | हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी | ||
::कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश | ::कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
त्यही | त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी | ||
::चढ्यो चिल्लो लाली टलक अथवा माणिक | ::चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी । | ||
म यो देखी | म यो देखी आफैँ मनमन बडो गद्गद भयेँ | ||
::वसन्तश्रीलाई | ::वसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
चढायेको मैले | चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई | ||
::मलाई तत्कालै प्रथम वर वा नम्बर | ::मलाई तत्कालै प्रथम वर वा नम्बर दिई । | ||
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी | घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी | ||
::वसन्तश्री, उर्ले भुवनभर | ::वसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
म तेही वासन्ती मधुर छविको | म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा | ||
::डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य | ::डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा । | ||
डटेँ चौबाटोमा पथिक जनको आश्रय बनी | |||
::सबै लागे मेरो | ::सबै लागे मेरो प्रणय-वश भै गर्न सह्रनी ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
त्यहाँदेखी मेरा जति जति बिते | त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी | ||
::उती | ::उती खुल्दै-आये क्रमसित विपत्का हतकडी । | ||
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो | यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो | ||
::उताको खातामा 'तरुण तपसी' नाम | ::उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
मसित सब बताई ई मिठा सत्य बात | मसित सब बताई ई मिठा सत्य बात | ||
:: | ::नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ । | ||
हृदयबिच बिलायो | हृदयबिच बिलायो श्वास-निश्वास सारा | ||
:: | ::मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 16:42, 10 June 2025
२१
ठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमा
थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी ॥
२२
त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी
चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।
म यो देखी आफैँ मनमन बडो गद्गद भयेँ
वसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥
२३
चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई
मलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
वसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥
२४
म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा
डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।
डटेँ चौबाटोमा पथिक जनको आश्रय बनी
सबै लागे मेरो प्रणय-वश भै गर्न सह्रनी ॥
२५
त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी
उती खुल्दै-आये क्रमसित विपत्का हतकडी ।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥
२६
मसित सब बताई ई मिठा सत्य बात
नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ ।
हृदयबिच बिलायो श्वास-निश्वास सारा
मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥