Page:Tarun tapasi.pdf/29: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
म तेही लीलाले विकसित भयेकै समयमा | म तेही लीलाले विकसित भयेकै समयमा | ||
::ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा । | ::ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा । | ||
कुनै चङ्गा | कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी | ||
::थियो जस्को डुब्दो बहुत धमिलो | ::थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी | हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी | ||
::जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी । | ::जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी । | ||
उदेकाई | उदेकाई थालेँ सरल मनले गम्न म पनि | ||
::विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥ | ::विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥ | ||
Line 16: | Line 16: | ||
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी | जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी | ||
::ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी । | ::ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी । | ||
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर | त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो | ||
::भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल | ::भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
Line 26: | Line 26: | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
कहाँ त्यो चङ्गाको | कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको | ||
::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको | ::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको ! | ||
विधाताले मानू क्षणिकतम | विधाताले मानू क्षणिकतम उत्थान-पतन | ||
::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥ | ::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
अहो हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी | अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी | ||
::मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी । | ::मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी । | ||
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी | उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी | ||
::बिलायेको | ::बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:31, 6 June 2025
२२
म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ॥
२३
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
उदेकाई थालेँ सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥
२४
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो ॥
२५
थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी ।
जटामा अल्झेको फगत रिलधागो अलिकति
रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥
२६
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको !
विधाताले मानू क्षणिकतम उत्थान-पतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥
२७
अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥