Jump to content

Page:Tarun tapasi.pdf/26: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
::कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
::कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्ति-बलले
::कठै यस्तै चालासित कठिन धेरै दिन चले ॥
::कठै ! यस्तै चालासित कठिन धेरै दिन चले ॥


{{pcn|८}}
{{pcn|८}}
यताको यो बोधा, तल पयरमा कीट कठिन
यताको यो बाधा, तल पयरमा कीट कठिन
::तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
::तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
::सहाराले सारा मरि मरि सहें घात खलको ॥
::सहाराले सारा मरि मरि सहेँ घात खलको ॥


{{pcn|९}}
{{pcn|९}}
Line 20: Line 20:


{{pcn|१०}}
{{pcn|१०}}
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
::परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
::परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको ?
परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ?
::थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको ॥
::थियो यद्वा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥


{{pcn|११}}
{{pcn|११}}
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
::कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
::कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति
कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकति
::मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥
::मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥


{{pcn|१२}}
{{pcn|१२}}
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
हजारौँ ती धक्का रगडहरु खाँदै हरघडी
::अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
::अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
::हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी ॥
::हटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:23, 6 June 2025

This page has been validated


कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्ति-बलले
कठै ! यस्तै चालासित कठिन धेरै दिन चले ॥


यताको यो बाधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहेँ घात खलको ॥


कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो ।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥

१०
कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ?
थियो यद्वा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥

११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥

१२
हजारौँ ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनी ॥