Jump to content

Page:Tarun tapasi.pdf/22: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
::बहन्थ्यो छातीमा रसबल उसैको भर गरी ।
::बहन्थ्यो छातीमा रस-बल उसैको भर गरी ।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उठेँ सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥
::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥


{{pcn|१७}}
{{pcn|१७}}
विजेताको मानू विकट विजयोन्मादजनित
विजेताको मानू विकट विजयोन्माद-जनित-
::प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित
::प्रताप-ज्वालाले सदृश, किरण-श्रेणि-खचित
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
::फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥
::फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥
Line 15: Line 15:
{{pcn|१८}}
{{pcn|१८}}
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
::अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी ।
::अँगेनू भैहाल्यो रवि-किरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
::म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये ?
::म त्यो वेला टिक्थेँ कसरि बलियो दैव नभये ?


{{pcn|१९}}
{{pcn|१९}}
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता मेरो काया प्रबल, न त छाया छ घनको
::न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
::न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
कठै ! त्यो वेलाको अति विकल सन्तप्त मनको
::अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?
::अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?


{{pcn|२०}}
{{pcn|२०}}
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
::छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो ।
::छुट्यो मानू नाडी-चलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
::म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी ॥
::म लिन्थेँ यो चोला बदलिकन अन्तैतिर जुनी ॥


{{pcn|२१}}
{{pcn|२१}}
निशाले छर्थी जो अमृतरस वा शीतलपन
निशाले छर्थी जो अमृत-रस वा शीतलपन
::उसैद्वारा गर्दै दिवसभरको दाहशमन
::उसैद्वारा गर्दै दिवसभरको दाह-शमन
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
जती चढ्थ्यो राती विकल मुटुमा जीवन-बल
::उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥
::उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:13, 6 June 2025

This page has been validated

१६
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रस-बल उसैको भर गरी ।
उठेँ सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥

१७
विजेताको मानू विकट विजयोन्माद-जनित-
प्रताप-ज्वालाले सदृश, किरण-श्रेणि-खचित ।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥

१८
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रवि-किरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थेँ कसरि बलियो दैव नभये ?

१९
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै ! त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?

२०
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडी-चलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थेँ यो चोला बदलिकन अन्तैतिर जुनी ॥

२१
निशाले छर्थी जो अमृत-रस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाह-शमन ।
जती चढ्थ्यो राती विकल मुटुमा जीवन-बल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥