Page:Shakuntala.pdf/376: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य | यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला । | ||
बन्ला नामै | ::बन्ला नामै जगत्मा अमर भरतको भारतै दिव्य पारी ॥ | ||
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति । | |||
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | ::तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी । | |||
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥ | ::हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥ | ||
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | ||
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | ::सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
यस्ता | यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै । | ||
जान्छन् विश्राम | ::जान्छन् विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥ | ||
आनन्दी भै बसे रे | आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा- | ||
जस्ता | ::जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥ | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
कुनिकुथीकन काव्य मिलाइयो । | |||
::शठ थिएँ पटमा किन रङ्ग त्यो ॥ | |||
सकल | सकल आउँदथ्यो, सब निष्फल । | ||
हुन गए सरि लाग्दछ दुर्बल ॥ | ::हुन गए सरि लाग्दछ दुर्बल ॥ | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
म त | म त रँगाउँदथें करुणा भए । | ||
सकल | ::सकल चित्र मनोहर यो घरी ॥ | ||
तर कृपा प्रभुको यतिकै थियो । | तर कृपा प्रभुको यतिकै थियो । | ||
::नजरलाइ कसिङ्गर भो हरि ॥ | |||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
गुण भए | गुण भए मधुलिट्हरुको रस । | ||
विवशा छू नभएर भए कस ॥ | ::विवशा छू नभएर भए कस ॥ | ||
तर झरे यदि | तर झरे यदि आँसु सुखी पला । | ||
रहने छ शकुन्तला ॥ | ::सुखसँगै रहने छ शकुन्तला ॥ | ||
{{pcn|(८३)}} | {{pcn|(८३)}} | ||
Latest revision as of 09:48, 1 June 2025
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
बन्ला नामै जगत्मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकुथीकन काव्य मिलाइयो ।
शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रँगाउँदथें करुणा भए ।
सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाइ कसिङ्गर भो हरि ॥
(८२)
गुण भए मधुलिट्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
सुखसँगै रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥