Jump to content

Page:Shakuntala.pdf/376: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
::बन्ला नामै जगत्‌मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
::तिम्रा सन्तान लेलान्‌, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
{{pcn|(७८)}}


जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
::हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
::सोझो सद्भावनाले सहित अमरको ध्येयले सद्‌ पवित्र ॥"
{{pcn|(७९)}}
यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्‌गदाएर दोटै ।
::जान्छन्‌ विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
::जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
{{pcn|(८०)}}
कुनिकुथीकन काव्य मिलाइयो ।
::शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
::हुन गए सरि लाग्दछ दुर्बल ॥
{{pcn|(८१)}}
म त रँगाउँदथें करुणा भए ।
::सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
::नजरलाइ कसिङ्गर भो हरि ॥
{{pcn|(८२)}}
गुण भए मधुलिट्‌हरुको रस ।
::विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
::सुखसँगै रहने छ शकुन्तला ॥
{{pcn|(८३)}}
{{pcn|'''॥ इति ॥'''}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{end center block}}

Latest revision as of 09:48, 1 June 2025

This page has been proofread

यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
बन्ला नामै जगत्‌मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्‌, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)

जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद्‌ पवित्र ॥"
(७९)

यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्‌गदाएर दोटै ।
जान्छन्‌ विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)

कुनिकुथीकन काव्य मिलाइयो ।
शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)

म त रँगाउँदथें करुणा भए ।
सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाइ कसिङ्गर भो हरि ॥
(८२)

गुण भए मधुलिट्‌हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
सुखसँगै रहने छ शकुन्तला ॥
(८३)

॥ इति ॥