Jump to content

Page:Shakuntala.pdf/375: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
::राज्यैको आयु होना जबतक त्यसमा ईश-सन्तोष होला
::राज्यैको आयु होला जबतक त्यसमा ईश-सन्तोष होला
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
::ज्युनेछन्‌ राज्य लामा क्सुृम-निकर झै स्वस्थ सौगन्ध चाल
::ज्यूनेछन्‌ राज्य लामा कुसुम-निकर झैं स्वस्थ सौगन्ध चाल
{{pcn|(७१)}}
{{pcn|(७१)}}


प्रैमै हो सिर्जनाको प्रथम विधि यही विएव-आधार जान ।
प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व-आधार जान ।
::प्रैमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण
::प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण
प्रैमैले मिल्छ तारा, पसकन सबको धर्मको तत्त्व जान ।
प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्त्व जान ।
::हेलौँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान
::हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान
{{pcn|(७२)}}
{{pcn|(७२)}}


आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन्‌ ।
आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन्‌ ।
::जाने सौन्दर्य तव पुर ततप यही हुन्छ देखिन्छ सत्य
::जाने सौन्दर्य तत्त्व-प्रचुर तप यहीं हुन्छ देखिन्छ सत्य
सत्यैको मोहनी हो प्रर्कातबीच सबै माघुरी मोहनी यो ।
सत्यैको मोहनी हो प्रकृतिबीच सबै माधुरी मोहनी यो ।
::आत्मा बोलाउने भै वरिपरि छरिई ढाक्दथे प्रेमद्वारा
::आत्मा बोलाउने भै वरिपरि छरिई डाक्दथे प्रेमद्वारा
{{pcn|(७३)}}
{{pcn|(७३)}}


आत्मा देखेर आफ्नो प्रभुकृत सुचमा मोहनीका चकोर ।
आत्मा देखेर आफ्नो प्रभुकृत सुषमा मोहनीका चकोर ।
::प्रेमी, हः दुखसुखहरुका नी परीक्षा अघोर
::बन्छन् प्रेमी, हजारौं दुखसुखहरुका ली परीक्षा अघोर
हामी रुछों रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
हामी रुछौं रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
::यस्तो आनन्ददायी मिलन भड्दिनू ईशको नै दया हो
::यस्तो आनन्ददायी मिलन भइदिनू ईशको नै दया हो
{{pcn|(७४)}}
{{pcn|(७४)}}


स्वगैमा हृम्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
स्वर्गैमा हुन्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
::बिर्सन्छो मोह पर्दा प्रकतिकन भनी दिव्य सौन्दर्य सारा
::बिर्सन्छौ मोह पर्दा प्रकृतिकन भनी दिव्य सौन्दर्य सारा
बिर्सेप्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
बिर्सेथ्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
::दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन्‌ विश्वभित्र
::दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन्‌ विश्वभित्र
{{pcn|(७५)}}
{{pcn|(७५)}}


फर्की आएर हाम्नो स्मृति जब अघिको गर्दछे सत्‌ प्रभाव ।
फर्की आएर हाम्रो स्मृति जब अघिको गर्दछे सत्‌ प्रभाव ।
::आत्मा यो रुन्छ दाँजी प्रकृतिपत लिई पापको क्रर ताप
::आत्मा यो रुन्छ दाँजी प्रकृतिपन लिई पापको क्रूर ताप
छुट्दै जाँदा जगत्‌को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
छुट्दै जाँदा जगत्‌को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
::भेट्छन्‌ आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई
::भेट्छन्‌ आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई
{{pcn|(७६)}}
{{pcn|(७६)}}


छोरा %ै मोहनीले मधुमय मुखको र सम्झना यो सुषार !
छोरा झैं मोहनीले मधुमय सुखको सम्झना यो सुषार
::राखीछोड्छ्‌ र भन्छे गहिरी रूप वेराग्य-सारा
::राखीछोड्छ्‌ र भन्छे अलिकति गहिरी रूप वैराग्य-सारा
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले नुझेर
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले बुझेर
::बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठ बनेर
::बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठै बनेर
{{pcn|(७७)}}
{{pcn|(७७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:43, 1 June 2025

This page has been proofread

यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
राज्यैको आयु होला जबतक त्यसमा ईश-सन्तोष होला ॥
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
ज्यूनेछन्‌ राज्य लामा कुसुम-निकर झैं स्वस्थ सौगन्ध चाल ॥
(७१)

प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व-आधार जान ।
प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण ॥
प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्त्व जान ।
हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान ॥
(७२)

आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन्‌ ।
जाने सौन्दर्य तत्त्व-प्रचुर तप यहीं हुन्छ देखिन्छ सत्य ॥
सत्यैको मोहनी हो प्रकृतिबीच सबै माधुरी मोहनी यो ।
आत्मा बोलाउने भै वरिपरि छरिई डाक्दथे प्रेमद्वारा ॥
(७३)

आत्मा देखेर आफ्नो प्रभुकृत सुषमा मोहनीका चकोर ।
बन्छन् प्रेमी, हजारौं दुखसुखहरुका ली परीक्षा अघोर ॥
हामी रुछौं रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
यस्तो आनन्ददायी मिलन भइदिनू ईशको नै दया हो ॥
(७४)

स्वर्गैमा हुन्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
बिर्सन्छौ मोह पर्दा प्रकृतिकन भनी दिव्य सौन्दर्य सारा ॥
बिर्सेथ्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन्‌ विश्वभित्र ॥
(७५)

फर्की आएर हाम्रो स्मृति जब अघिको गर्दछे सत्‌ प्रभाव ।
आत्मा यो रुन्छ दाँजी प्रकृतिपन लिई पापको क्रूर ताप ॥
छुट्दै जाँदा जगत्‌को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
भेट्छन्‌ आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई ॥
(७६)

छोरा झैं मोहनीले मधुमय सुखको सम्झना यो सुषार ।
राखीछोड्छ्‌ र भन्छे अलिकति गहिरी रूप वैराग्य-सारा ॥
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले बुझेर ।
बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठै बनेर ॥
(७७)