Jump to content

Page:Shakuntala.pdf/372: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
रोई तिनी पनि थचक्क बसेर घूँ घूँ ।
::रोइन्, बने उर खसेर उचालिँदा ती ॥
रोए त्यहाँ सकल मानव वेदनामा ।
::टल्पल्‌ गरेर जलमा दुइ देखिनाले ॥
{{pcn|(५३)}}


दोटै गला अब मिलेर भिजेर रुन्छन्‌ ।
::आत्मा छ बर्बर दुवै रसिला कणामा ?
सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु ।
::गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
{{pcn|(५४)}}
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
::"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्झिनाले ।
::यो प्राण आतुर उडेन कडा हुनाले ॥"
{{pcn|(५५)}}
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
::स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यो क्रूरता यदि सचेत भए म जल्थें ।
::मूर्छा भएर म बचें विधिको टुनाले ॥
{{pcn|(५६)}}
यादै भएन तर विस्मृति ढाकिनाले ।
::कालो बनेर घन आँसु तिमी रुलायो ॥
झिल्केन एक बिजुली पनि आँधि आयो ।
::यो दुष्ट हो छल भनी मनले लिनाले ।
{{pcn|(५७)}}
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
::औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
::छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !!
{{pcn|(५८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:28, 1 June 2025

This page has been proofread

रोई तिनी पनि थचक्क बसेर घूँ घूँ ।
रोइन्, बने उर खसेर उचालिँदा ती ॥
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल्‌ गरेर जलमा दुइ देखिनाले ॥
(५३)

दोटै गला अब मिलेर भिजेर रुन्छन्‌ ।
आत्मा छ बर्बर दुवै रसिला कणामा ?
सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)

मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्झिनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)

"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यो क्रूरता यदि सचेत भए म जल्थें ।
मूर्छा भएर म बचें विधिको टुनाले ॥
(५६)

यादै भएन तर विस्मृति ढाकिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायो ॥
झिल्केन एक बिजुली पनि आँधि आयो ।
यो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)

सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !!
(५८)