Page:Shakuntala.pdf/371: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
आँखा रसाउन गई अब टल्पलाए । | आँखा रसाउन गई अब टल्पलाए । | ||
::ती | ::ती गेरुदार मुखमा गहिरी अगाडि ॥ | ||
हा प्रेयसी ! | हा प्रेयसी ! तब तिमी अब जोगिनीको । | ||
::यो | ::यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
वैराग्यको | वैराग्यको कटुपना, सब दु:खभन्दा । | ||
::छाती चरक्क चिरिने, गहिरो गराई | ::छाती चरक्क चिरिने, गहिरो गराई ॥ | ||
मानो विषाद गहका | मानो विषाद गहका सब आँसुभन्दा । | ||
::झल्केर दिन्छ सचराचर नै | ::झल्केर दिन्छ सचराचर नै रुलाई ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
क्या | क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो । | ||
::गाली समान गहिरो दिलमा सुनाई । | ::गाली समान गहिरो दिलमा सुनाई । | ||
यो | यो रङ्गले जलधि आँसु बनेर मौन । | ||
::टल्पल् | ::टल्पल् हुँदो छ गहमा अहिले मलाई ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
क्या शान्त सुन्दर | क्या शान्त सुन्दर मिठी गहिरी उज्याली । | ||
::गम्भीरता विरहको सरि मूर्तिवाली ॥ | ::गम्भीरता विरहको सरि मूर्तिवाली ॥ | ||
नाघेर दुःखहरुका | नाघेर दुःखहरुका सब साँधलाई । | ||
::छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥ | ::छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
आँखा | आँखा बनी सजल भन्छ अहो ! मलाई । | ||
:: | ::बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥ | ||
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि । | हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि । | ||
::माफी गरे विधि- | ::माफी गरे विधि-शिकार म भक्तलाई ॥" | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
जोडेर हात दुइटै अब चल्छ घुँक्क । | जोडेर हात दुइटै अब चल्छ घुँक्क । | ||
:: | ::रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥ | ||
दोटा झरे विमल विन्दु र छाँद हाली । | दोटा झरे विमल विन्दु र छाँद हाली । | ||
::भन्छन् "नत्याग अब भक्त दुखी मलाई ॥" | ::भन्छन् "नत्याग अब भक्त दुखी मलाई ॥" |
Latest revision as of 09:24, 1 June 2025
आँखा रसाउन गई अब टल्पलाए ।
ती गेरुदार मुखमा गहिरी अगाडि ॥
हा प्रेयसी ! तब तिमी अब जोगिनीको ।
यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥
(४७)
वैराग्यको कटुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ॥
मानो विषाद गहका सब आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रुलाई ॥
(४८)
क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रङ्गले जलधि आँसु बनेर मौन ।
टल्पल् हुँदो छ गहमा अहिले मलाई ॥
(४९)
क्या शान्त सुन्दर मिठी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सब साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)
आँखा बनी सजल भन्छ अहो ! मलाई ।
बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-शिकार म भक्तलाई ॥"
(५१)
जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन् "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)