Page:Shakuntala.pdf/370: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा । | |||
::आश्चर्यले विपुल, लाउनकी चनाखा ॥ | |||
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् । | |||
::"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन् ॥ | |||
{{pcn|(४१)}} | |||
वृत्तान्त त्यो विपिनको नृपको सुनेर । | |||
::पुछ्दी नुही ढलकले दुइ दीर्घ कोस ॥ | |||
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी । | |||
::भन्छिन् कथा "सकल झूट बनोट हो कि ?" | |||
{{pcn|(४२)}} | |||
विश्वास फेरि सखिले दिलमा दिनाले । | |||
::आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥ | |||
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त । | |||
::गम्भीर चालसँग ती सखिसाथ लागिन् ॥ | |||
{{pcn|(४३)}} | |||
छोटो थिएन तर पाउ खुशी छरीतो । | |||
::ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥ | |||
सन्देशको गतिसँगै गहिरो विषाद ! | |||
::लाई सिँगारसरि दर्शन गर्न आइन् ॥ | |||
{{pcn|(४४)}} | |||
ती गेरुकी मृदुमुखी रसिलो प्रसून । | |||
::वैलेर आधि जिउँदी जलबाट जस्ती । | |||
नौली बनेर सुकुमारपना गभीर । | |||
::आइन् सुकोमल-दृशी गहिरी भएर । | |||
{{pcn|(४५)}} | |||
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता । | |||
::छन् शिल्पको करुणभाव उज्यालिएर । | |||
झुक्दी यता मृदुमुखी रसिली बनेर । | |||
::हेर्दा उता विरहका पछुताउ हेर | |||
{{pcn|(४६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:57, 1 June 2025
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन् ॥
(४१)
वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछ्दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
भन्छिन् कथा "सकल झूट बनोट हो कि ?"
(४२)
विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सखिसाथ लागिन् ॥
(४३)
छोटो थिएन तर पाउ खुशी छरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन् ॥
(४४)
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर सुकुमारपना गभीर ।
आइन् सुकोमल-दृशी गहिरी भएर ।
(४५)
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन् शिल्पको करुणभाव उज्यालिएर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)