Page:Shakuntala.pdf/368: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"हात बाबुको मात्र निर्भय- | "हात बाबुको मात्र निर्भय- | ||
::साथ टिप्न त्यो बाजु | ::साथ टिप्न त्यो बाजु सक्दथ्यो ॥ | ||
नत्र सर्प भै मृत्यु | नत्र सर्प भै मृत्यु डस्दथ्यो । | ||
::चकित | ::चकित बन्नुको यो रहस्य हो ॥" | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
यस्तै हुँदा खबर | यस्तै हुँदा खबर शीघ्र उडेर आयो । | ||
::टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥ | ::टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥ | ||
पूजा निमित्त प्रभुको कलिला प्रसून । | पूजा निमित्त प्रभुको कलिला प्रसून । | ||
Line 13: | Line 13: | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
त्यो | त्यो क्रूरता हृदयमा पहिले गर्हुङ्गो । | ||
::छाती किचेर दिनरात उदास पार्ने ॥ | ::छाती किचेर दिनरात उदास पार्ने ॥ | ||
बन्थ्यो सुकोमल सिँगारसमान सारा । | बन्थ्यो सुकोमल सिँगारसमान सारा । | ||
:: | ::लागेर ईश्वरतिरै दिलबाट धारा ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
सौन्दर्यमा मृदुलता रसिला | सौन्दर्यमा मृदुलता रसिला थपेकी । | ||
::मानो प्रसून | ::मानो प्रसून मुरझाउनदेखि बच्ची ॥ | ||
आँखा भई करुण आँसु अनेक झारी । | आँखा भई करुण आँसु अनेक झारी । | ||
::साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥ | ::साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥ | ||
Line 28: | Line 28: | ||
::सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥ | ::सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥ | ||
रुन्थिन् तथापि मनको मनमै हमेशा । | रुन्थिन् तथापि मनको मनमै हमेशा । | ||
::हे | ::'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी । | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
Latest revision as of 08:48, 1 June 2025
"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दथ्यो ॥
नत्र सर्प भै मृत्यु डस्दथ्यो ।
चकित बन्नुको यो रहस्य हो ॥"
(२९)
यस्तै हुँदा खबर शीघ्र उडेर आयो ।
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)
त्यो क्रूरता हृदयमा पहिले गर्हुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागेर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)
सौन्दर्यमा मृदुलता रसिला थपेकी ।
मानो प्रसून मुरझाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)
श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन् तथापि मनको मनमै हमेशा ।
'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)
आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)