Jump to content

Page:Shakuntala.pdf/366: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
::भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
::पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
{{pcn|(१७)}}


लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर ।
::यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥
तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा ।
::गद्‌गद्‌ बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
{{pcn|(१८)}}
को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता ।
::कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर्‌ यता ॥
के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि ।
::को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ?
{{pcn|(१९)}}
स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन ।
::देखिन्छन्‌ यसरी कतै कि रसिला आँखा लिई सम्झिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
::हाँसी चित्त रुलाउँछन्‌ कि यसरी दुःखी बनाई मरूँ ॥
{{pcn|(२०)}}
यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
::मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी ।
::होलिन्‌ काख लिँदी सुदीनवदनी तप्तप्‌ झरी झैं हुँदी ॥
{{pcn|(२१)}}
यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन्‌ अघि ।
::"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
::"मेलो किछ्‌न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम छ काम यो छब जगत्‌ जित्ने उज्यालो गली ।
::बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:38, 1 June 2025

This page has been proofread

'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
(१७)

लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर ।
यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥
तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा ।
गद्‌गद्‌ बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
(१८)

को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता ।
कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर्‌ यता ॥
के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि ।
को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ?
(१९)

स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन ।
देखिन्छन्‌ यसरी कतै कि रसिला आँखा लिई सम्झिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
हाँसी चित्त रुलाउँछन्‌ कि यसरी दुःखी बनाई मरूँ ॥
(२०)

यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी ।
होलिन्‌ काख लिँदी सुदीनवदनी तप्तप्‌ झरी झैं हुँदी ॥
(२१)

यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन्‌ अघि ।
"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
"मेलो किछ्‌न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम छ काम यो छब जगत्‌ जित्ने उज्यालो गली ।
बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥
(२२)