Page:Shakuntala.pdf/365: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | ||
:: | ::स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥ | ||
ती आँखा | ती आँखा दुइमा जगत् कुसुमको मिल्थ्यो कणामा कणा । | ||
:: | ::बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥" | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
यस्तै तर्क गरेर कश्यपसितै सोधी | यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी । | ||
::आँखा कोमल ओर्लिए नृप जहाँ | ::आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥ | ||
देखे एक | देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको । | ||
::लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | ::लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | ||
::जस्तो | ::जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥ | ||
ठूलो भाल, सुपुष्ट ताज जगको | ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत । | ||
::शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | ::शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि | फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता । | ||
::राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | ::राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | ||
मानो | मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा- | ||
::बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | ::बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला | राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी । | ||
::हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | ::हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | ||
चम्केका | चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक । | ||
::लामा | ::लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
'हेल् | 'हेल् छ्याने ! कति लेछ दाँत यछको कछ्तो छ तीखो हकि ?' | ||
::भन्दा | ::भन्दा ङ्यार्र गर्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥ | ||
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई । | |||
::लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | ::लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:53, 31 May 2025
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत् कुसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
(११)
यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)
'हेल् छ्याने ! कति लेछ दाँत यछको कछ्तो छ तीखो हकि ?'
भन्दा ङ्यार्र गर्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)