Jump to content

Page:Shakuntala.pdf/365: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
::स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत्‌ कुसुमको मिल्थ्यो कणामा कणा ।
::बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
{{pcn|(११)}}


यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
::आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
::लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
{{pcn|(१२)}}
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
::जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
::शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
{{pcn|(१३)}}
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
::राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
::बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
{{pcn|(१४)}}
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
::हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
::लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
{{pcn|(१५)}}
'हेल्‌ छ्याने ! कति लेछ दाँत यछको कछ्‌तो छ तीखो हकि ?'
::भन्दा ङ्यार्र गर्‍यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
::लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:53, 31 May 2025

This page has been proofread

ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत्‌ कुसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
(११)

यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)

राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)

फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)

राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)

'हेल्‌ छ्याने ! कति लेछ दाँत यछको कछ्‌तो छ तीखो हकि ?'
भन्दा ङ्यार्र गर्‍यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)