Jump to content

Page:Shakuntala.pdf/364: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
::मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
::बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
{{pcn|(५)}}


'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
::जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
::बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
{{pcn|(६)}}
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
::मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
::मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
{{pcn|(७)}}
आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
::मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्‍यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
::वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रुँदी मौनमा ॥
{{pcn|(८)}}
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
::ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
::घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
{{pcn|(९)}}
के ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँथिन्‌ ।
::मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
::राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:47, 31 May 2025

This page has been proofread

"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)

'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
(६)

"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
(७)

आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्‍यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रुँदी मौनमा ॥
(८)

छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)

के ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँथिन्‌ ।
मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
(१०)