Page:Shakuntala.pdf/358: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन् । | |||
::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | |||
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन् । | |||
::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | |||
{{pcn|(२१४)}} | |||
यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | |||
::स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥ | |||
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा । | |||
::वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥ | |||
{{pcn|(२१५)}} | |||
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन । | |||
::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | |||
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन । | |||
::दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥ | |||
{{pcn|(२१६)}} | |||
सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर । | |||
::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | |||
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर । | |||
::बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥ | |||
{{pcn|(२१७)}} | |||
प्रशंसा गरी नृत्यका बात धेर । | |||
::गरी फर्किए भूप हाम्रा नुहेर ॥ | |||
बिदा भैगए आइहाल्यो विमान । | |||
::झर्यो त्यो धरातर्फ गाएर गान ॥ | |||
{{pcn|(२१८)}} | |||
परीले सबै गान गाएर हेरे ! | |||
::झरे फूल माला त्यहाँ धेर बेर ॥ | |||
इशाराहरू गर्दथे देववर्ग । | |||
::बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥ | |||
{{pcn|(२१९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:38, 31 May 2025
यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन् ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन् ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥
(२१४)
यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥
(२१५)
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन ।
दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)
सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)
प्रशंसा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
बिदा भैगए आइहाल्यो विमान ।
झर्यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)
परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
इशाराहरू गर्दथे देववर्ग ।
बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)