Page:Shakuntala.pdf/338: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
स्वर्गको हो | स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण । | ||
सत्याधारित | सत्याधारित सद्रूप अनश्वर अभञ्जन ॥ | ||
{{pcn|(७२)}} | {{pcn|(७२)}} | ||
Line 9: | Line 9: | ||
{{pcn|(७३)}} | {{pcn|(७३)}} | ||
सबैभन्दा उचा | सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ । | ||
ब्रह्म छन् त्रिगुणातीत, | ब्रह्म छन् त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥ | ||
{{pcn|(७४)}} | {{pcn|(७४)}} | ||
सत्यको पछि आत्माले प्रकाशतिर | सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ । | ||
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥ | असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥ | ||
{{pcn|(७५)}} | {{pcn|(७५)}} | ||
Line 21: | Line 21: | ||
{{pcn|(७६)}} | {{pcn|(७६)}} | ||
तर | तर अज्ञानले गर्दा सुखको सत्यमूलता । | ||
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥ | भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥ | ||
{{pcn|(७७)}} | {{pcn|(७७)}} | ||
असुरादिहरु आफ्नो अज्ञान नबुझीकन । | |||
सुखको ध्येयमा चल्छन् | सुखको ध्येयमा चल्छन् असत्यपथ निर्धन ॥ | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
सत्य हुन्छ अनन्तै नै आशातीत | सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता । | ||
छोटो | छोटो साङ्ग्रो लिई ताक हाँक्छन् असुर देवता ॥ | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
पहिले गड्गडाएर विश्व थर्काउँछन् | पहिले गड्गडाएर विश्व थर्काउँछन् सब । | ||
पछि धराप भै | पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥ | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
Latest revision as of 19:21, 30 May 2025
स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्रूप अनश्वर अभञ्जन ॥
(७२)
स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर ।
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥
(७३)
सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ ।
ब्रह्म छन् त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥
(७४)
सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ ।
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
(७५)
स्वर्गको भित्र आशाले जगत् सारा चराचर ।
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥
(७६)
तर अज्ञानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
(७७)
असुरादिहरु आफ्नो अज्ञान नबुझीकन ।
सुखको ध्येयमा चल्छन् असत्यपथ निर्धन ॥
(७८)
सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता ।
छोटो साङ्ग्रो लिई ताक हाँक्छन् असुर देवता ॥
(७९)
पहिले गड्गडाएर विश्व थर्काउँछन् सब ।
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥
(८०)
महाध्येयीहरू हुन्छन् हुन ता दैत्यका पनि ।
तर साङ्ग्रो लिई ताक गिर्छन् उल्टा बनी बनी ॥
(८१)