Page:Shakuntala.pdf/332: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन् सुगन्धी । | |||
::पाऊन् सङ्केत सत्को मिरमिर जगमा अल्पदर्शीहरूले ॥ | |||
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला । | |||
::आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥ | |||
{{pcn|(३५)}} | |||
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी । | |||
::दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥ | |||
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना । | |||
::आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥ | |||
{{pcn|(३६)}} | |||
त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक । | |||
::हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥ | |||
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर । | |||
::जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥ | |||
{{pcn|(३७)}} | |||
हुन्छन् बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला । | |||
::टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥ | |||
चाँडै नै रङ्ग उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको । | |||
::कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥ | |||
{{pcn|(३८)}} | |||
खोज्छन् ती नित्य केही नवनव विषयी वासना झैं मिहीन । | |||
::फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥ | |||
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा । | |||
::माग्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥ | |||
{{pcn|(३९)}} | |||
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार । | |||
::यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥ | |||
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास ! | |||
::छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने बिलौना ॥ | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:06, 30 May 2025
हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन् सुगन्धी ।
पाऊन् सङ्केत सत्को मिरमिर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥
(३५)
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥
(३६)
त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर ।
जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)
हुन्छन् बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रङ्ग उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥
(३८)
खोज्छन् ती नित्य केही नवनव विषयी वासना झैं मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा ।
माग्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने बिलौना ॥
(४०)