Page:Tarun tapasi.pdf/19: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 18: | Line 18: | ||
::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो । | ::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो । | ||
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | ||
::कठै! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ | ::कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
Line 24: | Line 24: | ||
::मलाई को हेर्ने ? उस बखत माया-वश बनी । | ::मलाई को हेर्ने ? उस बखत माया-वश बनी । | ||
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | ||
::कठै! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥ | ::कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥ | ||
{{pcn|५}} | {{pcn|५}} |
Latest revision as of 14:35, 30 May 2025
This page has been validated
द्वितीय विश्राम
१
बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्ति-माधुरी ॥
२
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥
३
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥
४
सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥
५
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥