Page:Tarun tapasi.pdf/19: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
::बहँदी सम्थरकी नदी सरी । | ::बहँदी सम्थरकी नदी सरी । | ||
फिर बग्न गयो उसै गरी | फिर बग्न गयो उसै गरी | ||
::मुनिको शीतल | ::मुनिको शीतल सूक्ति-माधुरी ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको | चपेटा पर्नाले नियति अगुवा कर्मगतिको | ||
:: | ::लियेथेँ यो चोला जुन बखतमा लोकहितको । | ||
उसै वेलादेखी जुन जति | उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर | ||
::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥ | ::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो | म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो | ||
::कलीला | ::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो । | ||
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | ||
::कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ | ::कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी | |||
::मलाई को हेर्ने ? उस बखत | ::मलाई को हेर्ने ? उस बखत माया-वश बनी । | ||
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | ||
::कठै अन्धा जस्ता; | ::कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी | कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी | ||
::जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी । | ::जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी । | ||
म | म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन | ||
::दुवै आँखा हेरी | ::दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:35, 30 May 2025
This page has been validated
द्वितीय विश्राम
१
बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्ति-माधुरी ॥
२
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥
३
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥
४
सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥
५
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥