Page:Tarun tapasi.pdf/15: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी ::थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी। मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये ::अहा कस्तो कस्तो अगम छविमा तन्म..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी | सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी | ||
::थियो त्यो शोभाको जलधि, कविजी | ::थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी । | ||
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये | मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये | ||
::अहा कस्तो कस्तो अगम छविमा तन्मय | ::अहा ! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा | यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा | ||
::डुबे ती दोटैको हृदयबिचको विन्दु | ::डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा । | ||
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर | उसो हेर्दा टाढा मन वचन भन्दा अति पर | ||
::इयत्तामा जस्को श्रुति सकल हुन्थे | ::इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
लिये तिन्ले त्यस्मा निरतिशय | लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको | ||
::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो | ::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको । | ||
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी | मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी | ||
::तुरुन्तै उत्रे ती, | ::तुरुन्तै उत्रे ती, हृदय-बिच लाग्यो किरिकिरी ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
म को हूँ? त्यो के हो? कुन चटकमा | म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्गद थियेँ ? | ||
::कसो भो? के के भो? किन म सहसा बेगल | ::कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ? | ||
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी | कता लाग्यो त्यत्रो परम सुखको सागर भनी | ||
::घुमे निक्कै | ::घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी | बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी | ||
::भये, त्यै चिन्तामा कवि बहुत खेले | ::भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी । | ||
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी | त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी | ||
::बिचैमा भेट्टाये | ::बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा | अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा | ||
::घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट | ::घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा । | ||
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा | कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा | ||
::जटा काला, लम्बा, वसन तनमा वल्कल | ::जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:26, 30 May 2025
१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा ! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥
१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥
२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदय-बिच लाग्यो किरिकिरी ॥
२१
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्गद थियेँ ?
कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥
२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥
२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥