Page:Shakuntala.pdf/327: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ठोक्रो ली लोहवाला मुखतिर सुनले पींध त्यस्तै जडेको । | |||
::प्वाँखे छन् चाप तीखा थरिथरि रँगका नोक नीचा परेको ॥ | |||
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ । | |||
::कापेली बींड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥ | |||
{{pcn|(५)}} | |||
छातीका ब्यूढ ऊँचा रिपुभवनविषे दिव्य झैं अंशुमाली । | |||
::बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥ | |||
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त । | |||
::सेता धप्धप् बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥ | |||
{{pcn|(६)}} | |||
दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने । | |||
::राजा केही पछाडि प्रखरयश महातेजका वीरमूर्ति ॥ | |||
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि । | |||
::सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको झलक्क ॥ | |||
{{pcn|(७)}} | |||
यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति । | |||
::ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥ | |||
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा फिँजारी । | |||
::राखेका यानमा त्यो स्तुतिपछि उडिगो यान ती धप्प बल्दा ॥ | |||
{{pcn|(८)}} | |||
पैह्ले फट्फट् पखेटा गगनपथ लिँदो चील जस्तो सजीव । | |||
::फर्फर् गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥ | |||
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी । | |||
::चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥ | |||
{{pcn|(९)}} | |||
बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट । | |||
::कोरेका केश स्यूँदा अरुणनयनका तेजिला बैंस शोभा ॥ | |||
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन । | |||
::कोही औला ठड्याई गगनतिर अरूलाइ देखाउँदा छन् ॥ | |||
{{pcn|(१०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:26, 30 May 2025
ठोक्रो ली लोहवाला मुखतिर सुनले पींध त्यस्तै जडेको ।
प्वाँखे छन् चाप तीखा थरिथरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।
कापेली बींड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
(५)
छातीका ब्यूढ ऊँचा रिपुभवनविषे दिव्य झैं अंशुमाली ।
बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।
सेता धप्धप् बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
(६)
दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।
राजा केही पछाडि प्रखरयश महातेजका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।
सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको झलक्क ॥
(७)
यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।
ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा फिँजारी ।
राखेका यानमा त्यो स्तुतिपछि उडिगो यान ती धप्प बल्दा ॥
(८)
पैह्ले फट्फट् पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।
फर्फर् गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।
चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
(९)
बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट ।
कोरेका केश स्यूँदा अरुणनयनका तेजिला बैंस शोभा ॥
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन ।
कोही औला ठड्याई गगनतिर अरूलाइ देखाउँदा छन् ॥
(१०)