Page:Shakuntala.pdf/321: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिर्स्यो शाप परेर एक मुनिको ठूलो कसूरी थियो । | |||
माया | ::माया निठ्ठुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥ | ||
टोह्लाई मनबीच बादलहरूमा झल्किई मोहन । | |||
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी | ::तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधैं रोदन ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत । | त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत । | ||
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥ | ::खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥ | ||
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ । | आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ । | ||
त्यो रोई नित | ::त्यो रोई नित हिंड्छ वक्रपथमा छन् ती कहाँ हा ! सित ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
ब्यूँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू । | |||
::रून्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मरु ॥ | |||
उम्रेला कि भनी मुहार हँसिलो सौन्दर्य शाकुन्तल । | |||
::उम्रे फूल र पात त्यो झलकमा अल्पिन् तिनी मञ्जुल ॥ | |||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
श्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यश । | |||
ती तस्वीर हराभरा भुवनकी श्री विश्व | ::ती तस्वीर हराभरा भुवनकी श्री विश्व झैं षोडशी ॥ | ||
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी । | ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी । | ||
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥ | ::ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
भन्द्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याऊ अब । | |||
भाग्ला नत्र चरो उडेर | ::भाग्ला नत्र चरो उडेर विचरी आत्मा उता खोजमा ॥ | ||
ती रोलिन् वन शून्यमा | ती रोलिन् वन शून्यमा जलदृशी मौनी लिई वेदना । | ||
काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥ | ::काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा । | कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा । | ||
कोही त्यो वन जानु | ::कोही त्यो वन जानु कण्वऋषिको, कोही हिंडे पश्चिम ॥ | ||
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै | ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ? | ||
कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ? | ::कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ? | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:28, 30 May 2025
बिर्स्यो शाप परेर एक मुनिको ठूलो कसूरी थियो ।
माया निठ्ठुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोह्लाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधैं रोदन ॥
(२९)
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ ।
त्यो रोई नित हिंड्छ वक्रपथमा छन् ती कहाँ हा ! सित ॥
(३०)
ब्यूँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
रून्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मरु ॥
उम्रेला कि भनी मुहार हँसिलो सौन्दर्य शाकुन्तल ।
उम्रे फूल र पात त्यो झलकमा अल्पिन् तिनी मञ्जुल ॥
(३१)
श्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यश ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झैं षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
(३२)
भन्द्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याऊ अब ।
भाग्ला नत्र चरो उडेर विचरी आत्मा उता खोजमा ॥
ती रोलिन् वन शून्यमा जलदृशी मौनी लिई वेदना ।
काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
(३३)
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा ।
कोही त्यो वन जानु कण्वऋषिको, कोही हिंडे पश्चिम ॥
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ?
कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ?
(३४)