Page:Shakuntala.pdf/296: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
के होला अब जिन्दगी शिव हरे ! संसारमा यत्तिकै ! | |||
::घुम्छन् फन्फन दुःखले कि हुन गो सारा कुरा विश्वमा ॥ | |||
आँखाले तर चेहरा अलि यसो गर्दी परीक्षा तिनी । | |||
::आशाले अझ बाँधिएर रहँदी केही समाल्छिन् मन ॥ | |||
{{pcn|(१२५)}} | |||
रोक्केकी मृदुयौवनी कमलिनी पर्दा अँध्यारो परी । | |||
::खुल्ला व्योम भनेर प्रात-समयी हावा उठी सर्सरी ॥ | |||
रुन्छिन् झन् अब मेघले सब चिसो पारेर ढाकीकन । | |||
::भै आशा अति तीव्र त्यो कुडिइँदा क्या रुन्छ हाम्रो मन ॥ | |||
{{pcn|(१२६)}} | |||
यी यात्री मृदुदेशकी सुन-सुनै फल्ने जगत्की त्यहाँ । | |||
::देख्छिन् कण्टक मात्र हाय ! हँसिली बन्दी रसीली यहाँ ॥ | |||
त्यो फुक्दो र उचालिँदो उछलिँदो त्यो स्मेर सानन्दता । | |||
::धीमा भो, अब लाटियो मृटु बन्यो चीसो बढ्यो मन्दता ॥ | |||
{{pcn|(१२७)}} | |||
आँखा-पानि त्यसै बनेर रहने पानी बनी आउँछन् । | |||
::बोल्लान् स्वीकृतिको अझै वचन ती भन्ने तरफ् धाउँछन् ॥ | |||
"हे आत्मा ! प्रभ् प्राणनाथ किन हो ! के पाप मेरो भयो । | |||
::भन्छन् नेत्र नसम्झिने मकन नै आश्चर्य कस्तो अहो !" | |||
{{pcn|(१२८)}} | |||
बोली शून्य भएर तैपनि त्यहाँ गोली त्यसै बज्रिने । | |||
::छातीमा तिनको दशा हुन गयो बज्रै त्यसै पग्लिने ॥ | |||
रूँ रूँ लाग्छ शकुन्तला मनमनै देखेर तिम्रो दशा । | |||
::कल्ले बुझ्दछ हाय ! जो बुझिलिने शोभा निशाका दिशा ॥ | |||
{{pcn|(१२९)}} | |||
जो रुग्छन् निशि-अन्त्यमा कुसुमले ती आँसु तिम्रा भए । | |||
::मेघाच्छन्न भए दिशा रँग रही आशा त्यहाँ झुन्डिई ॥ | |||
बन्दी त्यो पतला छ जो सुनहला लाली भई सत्वर । | |||
::मानो अन्त्य छ शोणिताक्त दिलको आशा त्यहाँ नीरव ॥ | |||
{{pcn|(१३०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:12, 28 May 2025
के होला अब जिन्दगी शिव हरे ! संसारमा यत्तिकै !
घुम्छन् फन्फन दुःखले कि हुन गो सारा कुरा विश्वमा ॥
आँखाले तर चेहरा अलि यसो गर्दी परीक्षा तिनी ।
आशाले अझ बाँधिएर रहँदी केही समाल्छिन् मन ॥
(१२५)
रोक्केकी मृदुयौवनी कमलिनी पर्दा अँध्यारो परी ।
खुल्ला व्योम भनेर प्रात-समयी हावा उठी सर्सरी ॥
रुन्छिन् झन् अब मेघले सब चिसो पारेर ढाकीकन ।
भै आशा अति तीव्र त्यो कुडिइँदा क्या रुन्छ हाम्रो मन ॥
(१२६)
यी यात्री मृदुदेशकी सुन-सुनै फल्ने जगत्की त्यहाँ ।
देख्छिन् कण्टक मात्र हाय ! हँसिली बन्दी रसीली यहाँ ॥
त्यो फुक्दो र उचालिँदो उछलिँदो त्यो स्मेर सानन्दता ।
धीमा भो, अब लाटियो मृटु बन्यो चीसो बढ्यो मन्दता ॥
(१२७)
आँखा-पानि त्यसै बनेर रहने पानी बनी आउँछन् ।
बोल्लान् स्वीकृतिको अझै वचन ती भन्ने तरफ् धाउँछन् ॥
"हे आत्मा ! प्रभ् प्राणनाथ किन हो ! के पाप मेरो भयो ।
भन्छन् नेत्र नसम्झिने मकन नै आश्चर्य कस्तो अहो !"
(१२८)
बोली शून्य भएर तैपनि त्यहाँ गोली त्यसै बज्रिने ।
छातीमा तिनको दशा हुन गयो बज्रै त्यसै पग्लिने ॥
रूँ रूँ लाग्छ शकुन्तला मनमनै देखेर तिम्रो दशा ।
कल्ले बुझ्दछ हाय ! जो बुझिलिने शोभा निशाका दिशा ॥
(१२९)
जो रुग्छन् निशि-अन्त्यमा कुसुमले ती आँसु तिम्रा भए ।
मेघाच्छन्न भए दिशा रँग रही आशा त्यहाँ झुन्डिई ॥
बन्दी त्यो पतला छ जो सुनहला लाली भई सत्वर ।
मानो अन्त्य छ शोणिताक्त दिलको आशा त्यहाँ नीरव ॥
(१३०)