Page:Shakuntala.pdf/279: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छन् राम्रा ठाउँठाऊँ जल निकट त्यहाँ बस्नका चारु बान्की । | |||
::सेता गद्दी बनेका मृदु मरमरका फूल झर्ने छहारी ॥ | |||
बाटो नै स्वर्गको झैं जति अघि बढियो उत्ति आनन्ददायी । | |||
::भिन्नै भिन्नै बनेका किसिमहरु त्यहाँ फूलका वृक्षको नै ॥ | |||
{{pcn|(२९)}} | |||
आयो राम्रो मजाको महल जलविषे दोहरो भै खुलेको । | |||
::सानो बान्की छरीतो कुसुमलहरले शोभिएको मिलेको ॥ | |||
पाटा राम्रा छओटा छ ऋतुहरु जहाँ गर्दछन् नृत्य पालो । | |||
::ठण्डा आनन्द जस्तो लहलह तरुकी पङ्ख उड्डीयमान ॥ | |||
{{pcn|(३०)}} | |||
राम्रा राम्रा सजेका कुसुमित गमला रङ्ग छानेर चारु । | |||
::वल्ली हल्ली मजाको वरपर सुखमा मग्मगाएर बास्ना ॥ | |||
रङ्गे धानी हरीयो छ तपनि हरियो पुष्पको चित्र चारु । | |||
::क्रीडा गर्थे जहाँ ती नृपति युवतिका नृत्य हेरी उज्याला ॥ | |||
{{pcn|(३१)}} | |||
ढोकामा एक पुड्के असिकर बहुतै गर्ववाला सिपाही । | |||
::घुम्थ्यो आएर सोध्यो अलिकति बुभिँदा भन्छ "बेला खराव ॥ | |||
आयौ, पाइन्न क्यारे कठिन छ बहतै दर्शनै आजलाई । | |||
::फर्की जाओ नआओ करकर नगरे, ठोक्दछन् है मलाई ॥" | |||
{{pcn|(३२)}} | |||
वार्ता राम्रो बुझाई जब ऋषिसँगिनीले बताइन् समस्त । | |||
::"रानी हाम्री यिनै हुन्" यतिसित डरले चाखले हेर्न थाल्यो ॥ | |||
शोची शोची कनै हो युवति परतिरै पन्सिएकी अवश्य । | |||
::भन्ने ठानी छ हेर्दो मुखतिर लजिली गर्भिणीको रहस्य ॥ | |||
{{pcn|(३३)}} | |||
"केही आज्ञा नपाई अब म त कसरी हाजिरी नै पुर्याउँँ ? | |||
::हिँड्छन् रानी र कैले यसरि त ! बहुतै खेद भो के बताऊँ ? | |||
को रे को कण्व भन्ने ? किन यस रितले पाल्नुभो प्रातयामै । | |||
::कोही पाउन्न पस्नै हुकमविनु यहाँ फर्किनोस् आज आमै ॥" | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:33, 26 May 2025
छन् राम्रा ठाउँठाऊँ जल निकट त्यहाँ बस्नका चारु बान्की ।
सेता गद्दी बनेका मृदु मरमरका फूल झर्ने छहारी ॥
बाटो नै स्वर्गको झैं जति अघि बढियो उत्ति आनन्ददायी ।
भिन्नै भिन्नै बनेका किसिमहरु त्यहाँ फूलका वृक्षको नै ॥
(२९)
आयो राम्रो मजाको महल जलविषे दोहरो भै खुलेको ।
सानो बान्की छरीतो कुसुमलहरले शोभिएको मिलेको ॥
पाटा राम्रा छओटा छ ऋतुहरु जहाँ गर्दछन् नृत्य पालो ।
ठण्डा आनन्द जस्तो लहलह तरुकी पङ्ख उड्डीयमान ॥
(३०)
राम्रा राम्रा सजेका कुसुमित गमला रङ्ग छानेर चारु ।
वल्ली हल्ली मजाको वरपर सुखमा मग्मगाएर बास्ना ॥
रङ्गे धानी हरीयो छ तपनि हरियो पुष्पको चित्र चारु ।
क्रीडा गर्थे जहाँ ती नृपति युवतिका नृत्य हेरी उज्याला ॥
(३१)
ढोकामा एक पुड्के असिकर बहुतै गर्ववाला सिपाही ।
घुम्थ्यो आएर सोध्यो अलिकति बुभिँदा भन्छ "बेला खराव ॥
आयौ, पाइन्न क्यारे कठिन छ बहतै दर्शनै आजलाई ।
फर्की जाओ नआओ करकर नगरे, ठोक्दछन् है मलाई ॥"
(३२)
वार्ता राम्रो बुझाई जब ऋषिसँगिनीले बताइन् समस्त ।
"रानी हाम्री यिनै हुन्" यतिसित डरले चाखले हेर्न थाल्यो ॥
शोची शोची कनै हो युवति परतिरै पन्सिएकी अवश्य ।
भन्ने ठानी छ हेर्दो मुखतिर लजिली गर्भिणीको रहस्य ॥
(३३)
"केही आज्ञा नपाई अब म त कसरी हाजिरी नै पुर्याउँँ ?
हिँड्छन् रानी र कैले यसरि त ! बहुतै खेद भो के बताऊँ ?
को रे को कण्व भन्ने ? किन यस रितले पाल्नुभो प्रातयामै ।
कोही पाउन्न पस्नै हुकमविनु यहाँ फर्किनोस् आज आमै ॥"
(३४)